Shikhar Insurance
National Life

५१ कम्पनीको सेयरमा लगानी नगर्नु भन्ने धितोपत्र बोर्डको पत्रप्रति लगानीकर्ताको आपत्ति

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार ०९:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । ५१ वटा सूचिकृत कम्पनीहरुको सेयर मूल्यमा चलखेल भएको र त्यस्ता कम्पनीमा लगानी गर्नु जोखिमयुक्त हुने नेपाल धितोपत्र बोर्डको पत्र प्रति दुई वटा लगानीकर्ता संगठनहरुले आपक्ति जनाएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्ड आफैं सेयरको मूल्य घटबढ गराउने काममा संलग्नु हुन आपत्तिजनक भएको बताएका हुन् । दुबै संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै लगानीकर्ताहरुको अरबौ लगानी जोखिममा पार्ने गरि बोर्डले ५१ कम्पनीबारे विज्ञप्ति निकालेर सेयर बजार सम्बन्धी अन्तराष्ट्रिय मान्यताहरुको समेत उल्लंघन गरेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूचिकृत कम्पनीहरुको वित्तिय विवरण समयमा प्रकाशित गराउने, त्यस्ता विवरणहरु लगानीकर्ताहरुको सहज पहुँचमा पुर्याउने, समयमै साधारण सभा गराउने जस्ता काममा ध्यान दिन छाडेर बोर्ड आफैं मूल्य घटाउने । बढाउने खोलमा लागेको आरोप पनि उनीहरुले लगाएका छन् ।

दुई संगठनका अध्यक्षहरुले बोर्डको धारणका बावजुद पनि बजार सकारात्मक दिशमा अघि बढ्ने भएकाले निर्धक्क साथ लगानी गर्न आम लगानीकर्ताहरुलाई आव्हान पनि गरेका छन् । उनीहरुले बोर्डलाई आफ्नो धारणा परिवर्तन गर्न आग्रह समेत गरेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्