Shikhar Insurance
National Life

नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक, एकै महिनामा आए ९६ हजार बढी

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १३:०३
Hyundai
NCELL
NIMB

काठमाडौ. । नेपाल घुम्न आउने विदेशीको आगमन उत्साहाजनक रहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२४ को सेप्टेम्बरको तथ्याङ्कले यस्तो देखाएको हो ।

सेप्टेम्बर महिनामा कूल ९६ हजार ३ सय ५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  बोर्डका अनुसार सन् २०२३ को वर्षको सेप्टेम्बरको तुलनामा ५.८२ प्रतिशत बढी हो । गत वर्षको सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा भने कूल ८ लाख १६ हजार ६३७ जना विदेशी पर्यटक नेपाल भ्रमणका लागि आए थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् ।

साथै, जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना र सेप्टेम्बरमा ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०२४ को सेप्टेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २२ हजार ९८४ जना नेपाल आएका हुन् ।

त्यस्तै सोही अवधिमा चीनबाट आठ हजार ४२ जना, अमेरिकी पर्यटक १० हजार ८४ जना, बंगलादेशबाट चार हजार १०३ जना, जर्मनीबाट दुई हजार ७०४ र युकेबाट चार हजार ४९३ जना पर्यटक नेपाल आएका छन् ।

त्यसैगरी अगस्टमा भुटानबाट एक हजार १०८, अष्ट्रेलियाबाट पाँच हजार ३८, जापानबाट एक हजार ८८७ जना, श्रीलंकाबाट चार हजार ९१५, साउथ कोरियाबाट दुई हजार ३५१ जना र मलेसियाबाट दुई हजार २८० जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्