Shikhar Insurance
National Life

२ वटा ट्रकमा ६५ लाख कमिशन, कारबाही सिफारिस राप्रपालाई अर्थ सचिव घिमिरेले दिए मुलुककै ठूलो भन्सारको जिम्मेवारी

प्रकाश वाग्ले
२०८१ आश्विन १६, बुधबार ११:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागलाई रसुवा भन्सार कार्यालयबाट भन्सार महशुल छलि गरी सामान जाँचपास गरिरहेको  गोप्य सूचना प्राप्त भयो । सो सूचनाका आधारमा विभागले रसुवा भन्सार कार्यालयबाट पास भएका प्रज्ञापनपत्रहरुको छड्के चेकचाँज गर्न एक समिति बनायो । समिति भन्सार ऐन २०६४ को दफा ९१ उपदफा २ अनुसार बनेको हो ।

छड्के चेकजाँच टोलीमा विभागका शाखा अधिकृत आशुतोष राई तथा नासुहरु कमल परिवार र मदन जैशी थिए । सो समितिलाई छड्के चेकजाँचका लागि जेठ २९ गते नै फिल्डमा खटाइयो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रसुवा भन्सार कार्यालयमा घोषणा भई जाँचपास भएका प्रज्ञापन दर्ता नम्बर M ४०६६, ४०६७ (ढुवानी साधन नं. ना. ६ ख ९०७५) र प्र.द.नं. M ४०६९, ४०७० र ४०७१ (ढुवानी साधन नं. ना. ५ख ७२२१) शंकास्पद देखिएकोले टोलीले चेकजाँच सुरु गर्यो ।

प्रतिवेदनमा छड्के टोलीबाट मालवस्तुको प्रकृति, अवस्था, परिमाण, ब्राण्ड र उत्पतिको मुलुक फरक पारी घोषणा गरेको विवरण अनुसार कारवाही गर्न प्रतिवेदन पेश भएकाले भन्सार ऐन, २०६४ को दफा ९१(३) बमोजिम आवश्यक कारवाही गर्न यो निर्णय पर्चा खडा गरि दियो ।

सो समितले २ वटा ट्रकमै ६५ लाख रुपैयाँ भन्सार महसुल छलि भएको निष्कर्ष निकाल्यो । छड्के चेकजाँच टोलीको प्रतिवेदनपछि भन्सार विभागदेखी अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म हंगामा मच्याउँछ । यसपछि तत्कालिन भन्सार कार्यालय प्रमुख रामप्रसाद पाठकले शक्ति परिचालन गर्न सुरु गर्छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार कार्यालय प्रमुखले तत्कालिन राजस्व सचिव डा. रामप्रसाद पाठकलाई फोन लगाउँछन् । पाठकको फोनपछि सचिव घिमिरेले भन्सार विभागलाई तत्काल सो कारबाहिको फाइल अघि नबढाउन संकेत गर्छन् ।

यति मात्रै नभएर पाठकले तत्कालिन प्रधानमन्त्री कार्यालयका सहसचिव अर्जुन भण्डारी समेतलाई प्रभावमा दबाब दिन लगाउँछन् । कारबाहीको फाइल अघि नबढ्ने माहोल बनेपछि तत्कालिन राजस्व सचिव रसुवा भन्सार कार्यालय पुग्छन् । नाम उल्लेख नगर्ने शर्तमा अर्थ मन्त्रालयका एक कर्मचारीले सिंहदरबारसँग भने, ‘तत्कालिन सचिव घिमिरे रसुवा भन्सार कार्यालय पुगेर पाठकसँगै गोसाइकुण्ड ट्रेकिङमा गए, पाठकले भन्सार विभागका अन्य अधिकारीहरुलाई समेत गोसाइकुण्ड घुम्न जाने अफर गरेका थिए तर विभागका अधिकारीहरुले सो विषयलाई ठाडै अस्वीकार गरिदिए, सचिव घिमिरे गोसाइकुण्ड घुमेर आएपछि सो फाइल अघि बढ्ने कुरा नै रोकियो ।’

कानून अनुसार ४५ लाख भन्दा बढी बिगो कायम हुन आएमा कार्यालय प्रमुख सहित जाँचपासमा सहभागी कर्मचारीसमेत कारबाहीमा पर्ने गर्छन् । तर तत्कालिन राजस्व सचिव घिमिरेले शक्तिको दुरुपयोग गर्दै सबै कर्मचारीहरुलाई विभागीय कारबाहीबाट जोगाए । हाल सो कारबाहीको फाइल भन्सार विभागमा लुकाएर राखिएको छ ।

कारबाही सिफारिस राप्रपालाई अर्थ सचिव घिमिरेको उपहार देशकै ठूलो भन्सारको जिम्मा

अर्थ मन्त्रालयले भदौ १९ गते १९ जना उपसचिवहरुको सरुवा गर्यो । सो सरुवा लिष्टमा रामप्रसाद पाठकको पोष्टिङ देखेर अधिकांस कर्मचारीहरु छक्क परे । किनभने रामप्रसाद पाठक मेची भन्सार कार्यालयबाट सिधैं रसुवा भन्सार कार्यालय पुगेका थिए । रसुवा भन्सार कार्यायमा झण्डै २ वर्ष बिताएका पाठक पुन देशकै ठूलो भन्सार वीरगंज भन्सार कार्यालय पुगेका छन् ।

उनी जस्तै कयौं उपसचिवहरु मन्त्रालय र विभागमा कार्यरत छन् तर उनी भने एकपछि अर्को ठूला भन्सार कार्यालयमा सरुवा गराइरहेका छन् । मन्त्रालय स्रोतका अनुसार रामप्रसाद पाठकलाई वीरगंज भन्सार पठाउन अर्थसचिव घिमिरेले चर्को अडान लिएका थिए । सचिवले नै अडान लिएपछि उनको सरुवा वीरगंज भन्सारमा भएको हो ।

पाठक जस्तै कैफियत गर्नेलाई भएको छ कारबाहि

पाठक जस्तै भन्सार कार्यालयमा शक्तिको दुरुपयोग गर्ने कर्मचारीहरु कारबाही परेका छन् । प्रज्ञापन पत्र डिलेट गरेको आरोपमा तत्कालिन विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटालाई अर्थमन्त्रालय विभागिय कारबाही गरेको थियो । उनलाई पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा दायार गरेको थियो ।

यस्तै, रसुवा भन्सार कार्यालयका तत्कालिन भन्सार प्रमुख नरायण भण्डारीलाई पनि मन्त्रालयले विभागिय कारबाही गरेको थियो । रसुवा भन्सारमै रहदाँ हालका भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीलाई पनि विभागगिय कारबाही गरेको थियो । तर पाठक भने शक्ति केन्द्रको प्रयोग गर्दै झन् ठूला भन्सार कार्यालयहरुमा सरुवा भैरहेका छन् । अर्थ मन्त्रालयले गलत गर्ने कर्मचारीलाई कारबाहि होइन प्रोत्साहन दिइरहेको छ ।

यस्ता छन् २ ट्रकमा देखिएका कैफियतहरु

आयातकर्ता ब्राइट सिमकोन इन्टरप्राइजेज (Birght Simson Enterprises) को प्रज्ञापन पत्रमा उल्लिखित NA 6 KHA 9075 नम्बरको ढुवानी साधन छड़के परीक्षणका क्रममा पैठारीकर्ताले item No.6 मा 480 PCS PLAZO घोषणा गरेकोमा, 576 PCS PLAZO भेटिएको घोषणा गरेभन्दा बढी भेटिएको PLAZO 96 वटा बढी भेटिएको ।

सुझाव: ९६ PCS को हकमा भन्सार ऐन, २०६४ को दफा ५७५ बमोजिम कारवाही गर्ने।

आयातकर्ता ड्रिमिनो ड्रिम्स (Dremeno Dreames) ले M-4067 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 6. KHA 9075 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 7 मा 140 PCS Action Camera घोषणा गरेकोमा, 160 PCS Action Camera भेटिएको घोषणा गरे भन्दा बढी भेटिएको Action Camera 20 PCS को हकमा भन्सार ऐन, २०६४ को दफा ५७(५) बमोजिम कारबाही गर्ने।

M-1067 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 6 KHA 9075 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले Item No. 11 मा घोषणा गरेको STICKER CUTTING MACHINE को घोषणा मूल्य न्यून रहेको देखिएकोले प्रति पिस USD 15 का दरले मूल्य थप गरी भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा १५ क. बमोजिम कारवाही गर्ने ।

STICKER CUTTING MACHINE नामक मालवस्तु भन्सार उपशीर्षक फरक परेको हुँदा भन्सार उपशीर्षक ८४७९.८९.९९ चाट वर्गीकरण गर्ने।

M-1067 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 6 KHA 9075 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले Item No. 13 मा 290 KG MOBILE COVER घोषणा गरेकोमा, 559 KG बढी मोबाइल कभर भेटिएको । MOBILE COVER भेटिएको घोषणा गरे भन्दा वढी भेटिएको MOBILE COVER 269 KG को हकमा भन्सार ऐन, २०६४ को दफा ५७(५) बमोजिम कारवाही गर्ने

M-4067 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 6 KHA 9075 नम्बरको ढुवानी साधन छड़के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 16 मा 26PCS MINI PROJECTOR नामक मालवस्तु घोषणा गरेकोमा, 12 पिस MINI PROJECTOR र 14 पिस ठुलो PROJECTOR देखिन आएकोले 14 पिस ठूलो PROJECTOR को हकमा प्रति पिस USD 10 मूल्य कायम गरी भन्सार ऐन, २०६४ को दफ ५७(२) बमोजिम कारबाही गर्ने।

M-1067 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 6 KHA 9075 नम्बरको ढुवानी साधन छड़के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 22 मा 394 PCS SELFIE STICK STAND नाम गरेको मालवस्तु घोषणा गरेकोमा, 634 PCS SELFIE STICK STAND भेटिएको घोषणा गरे भन्दा बढी भेटिएको  SELFIE STICK STAND 240 PCS को हकमा प्रति पिस | USD 6 का दरले मूल्य कायम गरी भन्सार ऐन, २०६४ को दफा ५७९५) बमोजिम कारबाही गर्ने ।

M-4069 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 5 KHA 7221 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 3 मा 1440 | PCS AC SWEATER नाम गरेको मालवस्तु घोषणा गरेकोमा, 2620 PCS AC SWEATER भेटिएको घोषणा

आयातकर्ता टप्स जेसिस इन्टरप्राइजेज (TOPS JESIS ENTERPRISES ) ले आयात गरेको स्वेटर घोषणा गरेको भन्दा 4968 PCS बढी भेटिएको । घोषणा गरेभन्दा बढी भेटिएको AC SWEATER 1180 PCS को हकमा भन्सार ऐन, २०६४ को दफा ५७(५) बमोजिम कारवाही गर्ने।

M-1069 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 5 KHA 7221 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 4 मा 470 PCS BABY FROCK नाम गरेको मालवस्तु घोषणा गरेकोमा, 975 PCS BABY FROCK देखिन आएकोले घोषणा गरे भन्दा बढी भेटिएको BABY FROCK 505 PCS को हकमा भन्सार ऐन, २०६४ को दफा ५७(५) बमोजिम कारबाही गर्ने ।

M-1069 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA S KHA 7221 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 7. मा 380 PCS GIRLS TOPS घोषणा गरेकोमा, 5348 PCS GIRLS TOPS देखिन आएकोले घोषणा गरे भन्दा बढी भेटिएको GIRLS TOPS 4968 PCS को हकमा भन्सार ऐन, २०६४ को दफा ५७(५) बमोजिम कारवाही गर्ने ।

M-4069 Date: 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 5 KHA 7221 नम्बरको ढुवानी साधन रहेकोमा छड्के परीक्षणका क्रममा पैठारीकर्ताले No. 9 मा 160 PCS MOBILE BAG नाम गरेको मालवस्तु घोषणा गरेकोमा उक्त मालवस्तु डोरी/फित्ता सहितको लेडिज व्याग भेटिएकोले न्यून मूल्य घोषणा गरेको देखिँदा प्रति पिस USD 3 का  M-4070 Date 10:06/2024 की प्रज्ञापन पत्रमा उल्लिखित NAS KHA 7221 नम्बरको ढुवानी साधन छ परीक्षणका क्रममा पैठारीकर्ताले item No. 5. मा 1340 PCS WINDCHEATER नाम गरेको मालवस्तु घोषणा गरेकोमा, 1780 PCS WINDICHEATER देखिन आएकोले घोषणा गरे भन्दा बढी भेटिएको | WINDCHEATER 440 PCS को हकमा भन्सार ऐन, २०६४ को दफा ४७(५) बमोजिम कारवाही गर्ने।

M-4070 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NAS KHA 7221 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 6 मा 870 SET CHILD SET नाम गरेको मालवस्तु घोषणा गरेकोमा, 2030 SET CHILD SET देखिन आएकोले घोषणा गरे भन्दा बढी भेटिएको CHILD SET 160 SET को हकमा भन्सार ऐन, २०६४ को दफा ५७ ५। बमोजिम कारवाही गर्ने ।

NA 5 KHA 7221 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले बिलविजक/ प्रज्ञापनपत्रमा घोषणा नै नगरेको 45 PCS JEAN OUTER भेटिन आएकोले 45 PCS JEAN OUTER मा प्रति पिस USD 4 का दरले मूल्य राखि भन्सार ऐन, २०६४ को दफा ५७(९) बमोजिम कारवाही गर्ने ।

M-4071 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 5 KHA 7221 नम्बरको ढुवानी साधन छड़के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 3 मा 120 PAIR GIRLS FOAM SLIPPER नाम गरेको

दरले मूल्य थप गरेर भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा १५क वमोजिम कारबाही गर्ने। M-1069 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NAS KHA 7221 नम्बरको ढुवानी साधन छड्के परीक्षणका क्रममा पैठारीकर्ताले item No. 10. मा 1200 PCS NET OUTER नाम गरेको मालवस्तु घोषणा गरेकोमा उक्त मालवस्तुको मूल्य न्यून देखिएको हुँदा सो मालवस्तुलाई Ladies Quter सरहकै प्रति पिस USD 3.5 का दरले मूल्य थप गरेर भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा १५ बमोजिम कारबाही गर्ने।

M-4069 Date 10/06/2024 को प्रज्ञापन पत्रमा उल्लिखित NA 5 KHA 7221 नम्बरको ढुवानी साधन छडके परीक्षणका क्रममा पैठारीकर्ताले Item No. 12 मा 4040 PCS PLAZO/SURUWAL नाम गरेको मालवस्तु घोषणा गरेकोमा, 4074 PCS PLAZO/SURUWAL देखिन आएकोले घोषणा गरे भन्दा बढी भेटिएको PLAZO SURUWAL 34 PCS को हकमा भन्सार ऐन, २०६४ को दफा ५७(५) । बमोजिम कारवाही गर्ने ।

NA 5 KHA 7221 नम्बरको ढुवानी साधन छड़के परीक्षणका क्रममा पैठारीकर्ताले बिलविजक/ प्रज्ञापनपत्रमा घोषणा नै नगरेको 576 PCS ONE PIECE भेटिन आएकोले 576 PCS ONE PIECE मा प्रति पिस USD 4.5 का दरले मूल्य राखि भन्सार ऐन, २०६४ को दफा ५७२९ बमोजिम कारबाही गर्ने

भएकाले दफा ९१(२) बमोजिमको अनुसन्धान गरी प्रतिवेदन पेश गर्न मिति २०६१/०२/२९ मा खटाईएको र उक्त टोलीले मालवस्तुको भौतिक चेकजाँच पश्चात मिति २०८१/०३/०५ मा प्रतिवेदन पेश गरेको।

 

GBIME

प्रतिक्रिया दिनुहोस्