काठमाडौं । बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । अघिल्लो ३ दिनदेखि लगातार घटेको सुन आज फेरी ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९ सय ३५ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्