Shikhar Insurance
National Life

फरवार्ड माइक्रोफाइनान्सको १४ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।

संस्थाको असोज १५ गते बसेको सञ्चालक समिति बैठकले कुल चुक्तापुँजीको १४ प्रतिशतले हुन आउने १४ करोड ७७ लाख ७८ हजार ९२२.६९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित लाभांशमा १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्