Shikhar Insurance
National Life

अपि पावरको साधारणसभा स्थगित

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १०:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । अपी पावर लिमिटेडले २१ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ। कम्पनी असोज १५ गते बसेको सञ्चालक समिति बैठकले वार्षिक साधारणसभा र बुक क्लोजको मिति हाललाई स्थगित गरिएको जानकारी गराएको हो ।

कम्पनीको वार्षिक साधारणसभा कात्तिक १ गते काठमाडौंको गौसालास्थित होटल क्रिस्टल पशुपतिमा बस्ने आयोजना गरेको थियो । विद्युत नियमन आयोगले अपी पावरको लाभांश वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको थियो । तर, अपी पावरले भने प्रस्तावित लाभांश कानुनसम्म रहेको भन्दै असोज १० गते पुन: आयोगमा पुनरावलोकनका लागि निवेदन पेस गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोगबाट पुनरावलोकन भई निर्णय आएपछि वार्षिक साधारणसभा र बुक क्लोजको मिति पुन: तय गरिने कम्पनीले जनाएको छ। यसअघि वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ अपी पावरले आज असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो।

कम्पनीले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि आयोगमा पठाएको थियो । तर, आयोगले वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्