Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार ०९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको जम्मा १५ हजार ८ सय १२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले सेयरधनी विनिता अधिकारीको नाममा रहेको ९ हजार ३३३ कित्ता र निर्मला तुलाधरको नाममा रहेको ६ हजार ४७९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर सेयरहरु खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई यस बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरीदको कुनै पनि आवेदन नपरेको प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थामा शेयर बिक्री प्रक्रिया अगाडि बढाउँने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्