Shikhar Insurance
National Life

‘धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ अर्ब मलाई कस्ले दिन्छ, किन दिन्छ?’ केपी ओली

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार २२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर मार्केटमा गइरहेको पहिरोको कुरा गर्नुहुन्छ । सेयर मार्केट फल्क्च्युएट भइरहन्छ । यस्ता परिस्थितिमा बाढी पहिरो गयो । यता अर्थतन्त्रमा ठूलो धक्का लाग्यो । सेयर मार्केट चाँही एकदम ब्लुमिङ भएर कसरी जान्छ र ? त्यो अलि स्वाभाविक नै हो जस्तो मलाई लाग्छ । यस्ता परिस्थिति विपदका बेला अप्ठ्याराको बेला सेयर मार्केट अलि डाउन हुनु स्वाभाविक नै जस्तो लाग्छ । फेरी माथि उठ्छ भन्ने मैले आशा राखेको छु ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती ५ अर्ब मैले भनेको हैन । ५ अर्बको कुरा एउटा पत्रिकाले छाप्यो जो त्यस बेलाका सरकारका प्रधानमन्त्री, अर्थमन्त्रीहरुको नजिकै वा उहाँहरुको पक्षको केही हो । त्यो मैले भनिरहनु परेन ।  सायद लेख्ने साथीहरु यतैतिर हुनुहुन्छ होला । ४,५ अर्ब खाने भो भनेर, ४,५ अर्ब खाने बाटो भयो भनेर । हाम्रो पार्टी त्यति बेला सरकारमा भएपनि हामी न निर्णय गर्ने ठाउँमा थियौँ । यत्ति चाँही भनेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मैले जहिले पनि भन्ने गर्छु । हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगरौँ । देशको अवस्था नाजुक छ । यस्मा कमिसन खाने, पैसा लिएर नियुक्ती, पैसा लिएर सरुवा, पैसा लिएर बढुवा जस्ता कुराहरु, कमिसन लिएर ठेक्का लिने वा काम दिने जस्ता कुराहरु र कमिसनका भरमा खेलवाड हुने कुराहरुलाई यस्तो चल्न हुदैँन । यो नगरौँ भनेर मैले भनेको थिए । अब मैले त्यो भनेपछि किन झस्किनु भयो कुनी ।

भोलि पल्ट ५ अर्ब खाने भो भनेर छापेपछि मैले उहाँहरुलाई सोधे ५ अर्ब मलाई कस्ले ल्याएर दिन्छ र ? किन दिन्छ ? म कमिसनका निम्ति काम गर्ने हैन । म देशका निम्ति काम गर्ने हो । म भ्रष्टाचार गर्ने हैन । भ्रष्टाचार रोक्ने मान्छे हुँ । यो तपाई के छपाउँनु भएको ? भन्दा हामीले छपाएको हैन भन्नु भयो । कस्ले छपाएको त ? मेरै नाम लिएर कसरी छपायो ? अचम्मको कुरा । प्रधानमन्त्री एउटा छ । अर्थमन्त्री एउटा छ । अनि ५ अर्ब केपी ओलीले खाने भो भन्ने छापिन्छ । के हो त्यो ?

यसमा ५ अर्बको डिल गर्नेले पनि गर्ला जस्तो लाग्दैन मलाई । अर्को कर्मचारीले नियुक्त हुदाँ कसरी ५ अर्ब दिन सक्छ, कहाँबाट दिन्छु भनेर गर्ला । यो कुरा मलाई पत्यार त लागेन । तर तपाईहरुले गरिरहनु भएको कुरालाई अन्त्य गर्नुस् भनेपछि उहाँहरु छट्पटाउँनु भयो । राष्ट्रिय दुखका बेला म धेरै यता जान चाहन्न । सर्वोच्च अदालतले नै पहिले कै प्रकृया अनुसार अगाडि बढ्नु भन्ने आदेश दिएको हुनाले त्यो प्रकृया अगाडि बढेको हो ।

कुनै ठेक्का लाग्दा पनि भ्रष्टार बाहेक केही हुदैन । अर्कोमा पनि केही नहुने भएपछि त देश कहिल्यै बन्ने भएन । यो त भ्रष्टाचारीले शुद्ध ढंगले काम गर्ने मान्छेलाई आरोपित गर्ने कुरा हो । त्यो प्रचलनबाट हामी अलग रहौँ । र म फेरी भन्न चाहन्छु यो ५ अर्बको कुरा त मलाई विश्वास पनि छैन । तर यो छाप्नुभो तत्कालिन प्रधानमन्त्री अर्थमन्त्री को-कोले छाप्नु भयो । उहाँहरुले नै छाप्नु भएको हो ।

किन छाप्नु भो म जाँन्दिन । उहाँहरु न्याय गर्ने ठाउँमा हुनुहुन्थ्यो तर मेरा नाउँमा किन छपाउँनु भयो । ५ अर्ब खान । उहाँहरु हल्लाहरु खुब गरेर हिड्नु हुन्छ । किन हो ? अहिले म त्यता पट्टि धेरै चर्चा गर्न चाहन्न ।

(मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा राखेको विचारको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्