Shikhar Insurance
National Life

काँग्रेस–एमालेको सरकार घातक छ : सभापति लामिछाने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १८:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताए । मङ्गलबार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले वर्तमान दुई तिहाईको (काँग्रेस–एमाले) को सरकार घातक भएको बताएका हुन् ।

उनले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरुले बिरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले काँग्रेस–एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताए । उनले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताए । उनले दुई ठूला पार्टीको सरकार हुँदा सरकारलाई सचेत गराउने स्वर सानो हुने जानकार दिए ।

सभापति लामिछानेले सरकारले रात्रिकालिन बस नचलाउन सूचना जारी गरेपनि सरोकारवाला निकायलाई जानकारी नगराएको भन्दै सकारले गैरजिम्मेवारपूर्ण काम गरेको बताए । उनले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरुको बिल्लिबाठ भएको जानकारी दिए । सभापति लामिछानेले आफू गृहमन्त्री हुँदा बनाएको एक्शन रुमको कार्यान्वयन गरेको भए ठूलो क्षति नहुने जिकिर गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्