Shikhar Insurance
National Life

सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गर्न सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले सरकार सहकारी पीडितहरुको रकम फिर्ता गराउन प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले सहकारी पीडितको पीडा सरकारले सुन्ने र डुबेको रकम फिर्ता गर्ने बताए । उनले सहकारीको रकम मनलाग्दी खर्च गरेको पाइएको भन्दै फिर्ता कसरी ल्याउने भन्नेकुरामा सरकार गम्भीर भएर लागेको बताए । उनले पीडकसँग रकम असुल उपर गर्न सरकार लागेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने ‘‘सहकारी पीडितहरुको पीडा सुन्नुपर्छ, उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ  कानूनको दायराभित्र रहेर सरकारले काम गर्नेछ’ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्