Shikhar Insurance
National Life

खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड क्षतिको अनुमान

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । मनसुनजन्य विपद्बाट २१ जिल्ला बढी प्रभावित भएको छन् । काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका जिल्लाहरु रहेको सरकारले जनाएको हो ।

मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पत्रकार सम्मेलनमा सरकारको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको जानकारी दिए । उनले भौतिक प्रगतिको प्रारम्भिक आँकलनअनुसार हालसम्म खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, उर्जाका पूर्वधारमा ४ अर्ब र सिंचाई पूर्वाधारतर्फ १ अर्ब क्षति भएको आँकलन गरेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्