Shikhar Insurance
National Life

कपिलवस्तुमा एनसेल फाउन्डेशनको नि:शुल्क स्वास्थ्य शिविर, ४ सय बढी लाभान्वित

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनसेल फाउन्डेशनले प्रदेशस्तरमा संचालित सामाजिक उत्तरदायि अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । एनसेल फाउन्डेशनले कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा सोमबार नि:शुल्क शिविर आयोजना गरेको हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्ने कम्पनीले जनाएका छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो नि:शुल्क स्वास्थ्य शिविर हो । यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

‘नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्य अनुरुप एनसेल फाउन्डेशनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधै प्रतिबद्घ रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएका छौं । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

यस शिविरमा लगभग ४ सयभन्दा बढी स्थानियहरुले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको एनसेल फाउन्डेशनले जनाएको छ । एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु योजना बनाएको छ । एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको एनसेल फाउन्डेशनले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्