Shikhar Insurance
National Life

डिसहोमले ल्यायो बम्पर अफर, १२ महिनाको प्याकेज लिँदा ३ महिना फ्रि

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।डिसहोमले  २०० Mbps र ३०० Mbps का वार्षिक प्याकेजहरूमा थप ३ महिना बाेनसको सुविधा उपलब्ध हुने सो अफर ल्याएको हो ।

यस अफरले ग्राहकहरूलाई थप फाइदा प्रदान गर्दै, १२ महिनाको प्याकेज लिँदा ३ महिना नि:शुल्क इन्टरनेट सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता Lucky Draw  मा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हप्तामा १२ भाग्यशाली विजेताहरूले DHi Home Appliances  का सामानहरू, Itel A60s Smartphone, MiVi DuoPods T20 Earbuds,  र डिसहोम ४K Streamer  जस्ता उपहारहरू जित्न सक्ने कम्पनीले जनाएको छ । यति मात्र होइन, Bumper Lucky Draw अन्तर्गत एक भाग्यशाली विजेताले DHi Home Appliances को Front Load Washing Machine  जित्न सक्नेछन् । यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको कम्पनीको विश्वास छ ।

डिसहोमले DHi Home Appliances का सामानहरूमा ४० प्रतिशत छुट, MiVi DuoPods मा ५४५ सम्मको छुट, र FireBoltt Smart Watch मा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाएको छ ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोम Internet को ३ महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्ने र नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू Lucky Draw मा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्