Shikhar Insurance
National Life

बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं : राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १२:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ । आइतबारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दशैंमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैंकमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको जानकारी दिए । पोखरलले यो वर्षको दशैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको बताए । उनले राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको जानकारी दिए । उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुकिला नोटहरु प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दशैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने जानकारी दिए । उनले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दशैंको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताए । उनले नयाँ नोट छपाई नेपालमा नहुने र विदेशी विदेशी मुद्रा तिरेर नयाँ नोट छपाई गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै छपाईको लागत कम गर्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोगमा ल्याएको जानकारी दिए ।

उनले पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउने बताए । उनले अब परम्परा जस्तै रहेको दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै मानिसहरुलाई बाहिर ल्याउन खोजिएको जानकराी दिए । उनले बजारको आवश्यकता अनुसार राष्ट्र बैंकले नयाँ नोट छपाई र सटही गर्दै जाने बताए । उनले आम नागरिकले दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नगरेको भन्दै पैसालाई जतन गर्न आग्रह गरे ।

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्