Shikhar Insurance
National Life

बाढी–पहिरो र डुबान : २ सय १७ को मृत्यु, २८ जना वेपत्ता

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार ११:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका हुन् ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको उनले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको नि:शुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्