काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य फेरी घटेको छ । अघिल्लो ३ दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । सोमबार १ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ६० हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्