Shikhar Insurance
National Life

प्राकृतिक प्रकोपबाट लुम्बिनी प्रदेशमा मात्रै करिब १ करोड ५० लाखको क्षति

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १८:४४
Hyundai
NCELL
NIMB

लुम्बिनी । लुम्बिनी प्रदेशमा विपतबाट १ करोड ४३ लाख बराबरको क्षति भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरो तथा डुबानका कारण साे क्षति भएको छ ।

विपद्मा परेर तीनको मुत्यु, दुई घाइते र एक बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिए । बाढीमा परेर रुपन्देहीमा दुई र पानीमा डुबेर बाँकेमा एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षति भएको छ । तीन वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । सात वटा गोठमा क्षति पुगेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्