Shikhar Insurance
National Life

साउदको प्रश्नः ५१ कम्पनीको मूल्य घट्यो भने लगानीकर्तालाई क्षतिपूर्ति कसले दिन्छ ?

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर मूल्य बढाउन चलखेल भएको भन्दै सूचि नै सार्वजनिक गरेकोपछि नेप्सेले आपक्ति जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्रसिंह साउदले बोर्डका कारण ५१ कम्पनीको सेयर मूल्य घट्यो भने लगानीकर्तालार्य कसले क्षतिपूर्ति दिन्छ ? भनि प्रश्न गरेका छन् ।

‘कम्पनीको मूल्य तोक्ने काम धितोपत्र बोर्डको होइन, यसरी कम्पनीको नाम तोक्न पाइँदैन्, बोर्डको काम हेरेर बुझेर लगानी गर्नुस भन्ने हो । बोर्डले यी कम्पनी राम्रा, यी कम्पनी नराम्रा भन्ने होइन, त्यो लगानीकर्ताको काम हो ।’, नेप्सेका महाप्रबन्धक साउदले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कुनै पनि कम्पनी वा लगानीकर्ताहरुले सेयरको मूल्य बढाउन चलखेल वा गढबढ गरेको फेलामा परेमा कारवाही गर्ने अधिकार बोर्डसँग रहेको तर यसरी कम्पनी तोक्नु भने ठिक नभएको बताए । ‘गढबढ भएको रहेछ भने कारवाही गर्ने अधिकार बोर्डलाई छ, ५१ कम्पनी सेयर मूल्य घट्यो भने त्यसका लगानीकर्ता डुब्छन्, त्यसको जिम्मेवारी कसले लिन्छ ? क्षतिपुर्ति कसले तिर्छ ?’, महाप्रबन्धक साउदले कटाक्ष गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्