Shikhar Insurance
National Life

चेम्बरले सरकारसँगकाे सहकार्यमा बाढी पीडितलाई सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १७:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । चेम्बरले गत बिहीबारदेखि परेको अबिरल वर्षाले काठमाडौं लगायत मुलुकका अधिकांश स्थानमा भएकाे जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पीडित नागरिकलाई सक्दो सहयोग गर्ने बताएकाे हाे ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अबिरल वर्षाका कारणले देशको उद्योग धन्दा, पेशा व्यवसायमा गम्भिर असर गरेको भएपनि बजारमा औषधि, खाद्यन्न लगायत अत्यावश्यकीय बस्तुको अभाव हुन नदिन नेपाल चेम्बर अफ कमर्स सजग रहेको छ ।’ चेम्बरले खाद्यन्न लगायतका बस्तुहरुको नियमित आपूर्तिको सुनिश्चितता गर्दै मुल्यवृद्धि हुन नदिने तर्फ सबै व्यवसायीहरुको सहयोग रहने समेत बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाढी पहिरोजन्य घटनाबाट जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले राहत तथा उद्दार एवं सहयोगका लागि चेम्बरका जिल्ला, प्रदेश एवं नगर चेम्बरहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै विपत्तीका कारण हुन गएको आफ्नो व्यवसायको क्षतिपूर्ति दावी भुक्तानीका लागि बिमितहरुले विमा कम्पनीहरु समक्ष बिमा रकम माग गरेमा यथाशिघ्र भुक्तानी दिलाउने व्यवस्था गर्न समेत चेम्बरले विमा कम्पनीहरु समक्ष आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्