काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० तथा २०८०/०८१ मा गरी मधेस प्रदेशमा कुल ८ हजार ५ सय २९ उजुरी दर्ता भएकोमा ६ हजार ४ सय ७२ उजुरी फर्छ्यौट भएको उल्लेख छ । मधेस प्रदेशमा सबैभन्दा बढी धनुषामा २०७९/०८० मा ४२१ तथा २०८०/०८१ मा १ हजार १ गरी १ हजार ४ सय २२ उजुरी परेकोमा १ हजार ५६ उजुरी फर्छ्यौट भएको छ ।
त्यस्तै बारामा कुल १ हजार २ सय ७ मा ८ सय ८७, सप्तरीमा १ हजार १ सय ७०मध्ये ९७१, रौतहटमा १ हजार ३५ मध्ये ७ सय ३४, महोत्तरीमा १ हजार २२ मध्ये ८ सय ३४ उजुरी फर्छ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै पर्सामा ९ सय ५६ मध्ये ६ सय ९१, सिरहामा ८ सय ८१मध्ये ६ सय ८७ र सर्लाहीमा ८ सय ३६मध्ये ६ सय ४२ उजुरीको फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्