Shikhar Insurance
National Life

४४.४५ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ को बिन्दुमा पुगेको छ ।

सोमबार ३१९ कम्पनीको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सिईडीबी हाइड्रोपावारको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड ६९ लाख ६४ हजार २७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ७ सय २७ रुपैयाँ पुगेको छ ।

सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, सोमबार सिईडीबी हाइड्रोपावार कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने प्रभु सेलेक्ट फण्डको सेयर मूल्यमा ९.३६ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्