Shikhar Insurance
National Life

धितोपत्र बोर्डको अध्ययनः वाणिज्य बैंकहरूको सेयर मूल्य ठीकठाक !

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनबाट वाणिज्य बैंकहरूको सेयरमा चलखेल नभएको देखिएको छ । प्राविधिक विश्लेषणका आधारमा ‘क’ वर्गका यी वित्तीय संस्थाको सेयर मूल्यमा स्पेकुलेट नभएको पाइएको हो ।

बोर्डले ५१ वटा सूचिकृत कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरिएको तथ्य फेला परेको बताएको हो । जुन सूचीमा देशमा एउटा पनि वाणिज्य बैंक छैनन् ।
देशमा कुल २७ वाणिज्य बैंक छन् । यी बैंकहरूको सेयर मुल्य प्रतिसेयर आम्दानी, पीई रेसियो तथा नेटवर्थका आधारमा ठीकठाक रहेको बोर्डको ठहर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको हो । बोर्डले लगानीकर्ताहरुलाई सचेततापूर्वक लगानी गर्न अनुरोध गर्दै चलखेलमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउने बताएको छ ।

यो सूचीमा सबैभन्दा बढी जलविद्युत कम्पनी छन् । जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहका ५–५ कम्पनी छन् भने विकास बैंक र होटल, उत्पादनमुलक, लघुवित्त र ट्रेडिङ समूहका २–२ वटा तथा वित्त समूहमा ४ वटा कम्पनी छन् ।

बोर्डले शंकास्पद ५१ कम्पनी छानेको हो । यी कम्पनीमा इन्साइडर ट्रेडिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङ लगायत गतिबिधि हुने गरेको बोर्डको आशंका छ ।

यी कम्पनीमा लगानी गर्दा सोचबिचार पुर्‍याउन बोर्डले भनेको छ ।

सूचीमा वाणिज्य बैंक नभएको विषयमा सिंहदरबारसँग नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, “वाणिज्य बैंकहरू स्वच्छ व्यवसाय गर्ने संस्था भएको पुष्टि भएको छ । हाम्रो सेयरको मूल्य बजारको तौल बराबर नै छ ।” दाहालले यो तथ्यले वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरकत्त लाइसेन्स दिइनु उपयुक्त हुने संकेत पनि गरेको बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्