काठमाडौं । नेपाल आयल निगमसँग आवद्धहरूले भोलिदेखि खोप पाउने भएका छन् । निगमले असार २ गतेदेखि निगमबाट जारी परिचयपत्रका आधारमा निगमको प्रादेशिक कार्यालय थानकोटबाट सञ्चालित ट्यांकर चालक तथा सहचालकलाई खोपको व्यवस्था गरेको हो ।
यसबारेमा आन्दोलनमा उत्रिएका ट्यांकर चालकसँग सहमति भइसकेको छ ।
यससँगै ट्यांकर व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उनीहरूले जेठ ३० गतेदेखि ट्यांकर नचलाउने भएका थिए ।
यसअघि बिराटनगर, भलवारी, नेपालगञ्ज, चारआलीमा ट्यांकर चालक तथा सहचालकलाई खोप लगाइसकिएको छ ।
जनकपुर, पोखरा र अम्लेखगञ्जमा खोप लगाउने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्