Shikhar Insurance
National Life

बाढी पीडितको भुक्तानी छिटो गर्न बीमा कम्पनीलाई अध्यक्ष सिलवालकाे निर्देशन

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढी तथा पहिरोबाट क्षति भएका घर, सम्पत्ति तथा संरचनाहरूमा छिटो बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

आइतबार नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा उाले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरू मध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिश लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने जानकारी दिए ।

अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालैको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकल सम्बन्धी बीमा दाबीहरू बीमितहरूबाट धमाधम आउन थालेको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्