Shikhar Insurance
National Life

मुटु दिवसमा एनएमबि बैंकले बिभिन्न शाखामा सञ्चालन गर्याे नि:शुल्क स्वास्थ्य शिविर

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंक लिमिटेडले मुटु दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले असोज १३ गते बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वस्थ्य परिक्षण गरि मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्त्वपूर्ण जानकारीहरु उपलब्ध गराए । साथै, यसै कार्यक्रको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जिवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्त्व बारे जानकारी प्रवाह गरियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्