Shikhar Insurance
National Life

धितोपत्र बोर्डमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल आमने–सामने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेल आमने–सामने भएका छन् । प्रधानमन्त्री केपी ओलीले अमेरिका उड्नु अघि अर्थमन्त्री विष्णु पौडेल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र मुख्य सल्लाहकार विष्णु रिमालसहितलाई राखेर धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती सम्बन्धी अहिलेको प्रक्रिया रद्ध गरि नयाँ प्रक्रिया आरम्भ गर्ने बाटो खोल्न भनेका थिए ।

ओलीले अहिलेको प्रक्रियामा पाँच अर्ब कमिसनको खेलको विषयमा अख्तियारमा उजुरी परेको, माओवादी अध्यक्ष प्रचण्ड र वर्षमान पुनले धितोपत्र बोर्डमा अध्यक्ष बनाउने विषयमै कुरा नमिलेपछि आफ्नो सरकार ढालिएको जस्ता आरोप लगाएकाले अब नयाँ प्रक्रियामा जानुपर्ने निष्कर्षमा आफू पुगेको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूले अहिलेको प्रक्रियाबारे अदालतको अन्तरिम आदेश रहेछ, त्यो प्रभावित नहुने गरि नयाँ प्रक्रियामा जाने उपाय तयार पार्नु होला, म फर्केपछि नयाँ सूचना निकाल्नुपर्छ ।’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ प्रक्रियाको विकल्पमा जानुपर्छ भनेर प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि अर्थमन्त्री विष्णु पौडेल भने तनावमा देखिए । प्रधानमन्त्रीले विष्णु रिमाल र डा. युवराज खतिवडासँगै राखेर आफूलाई नयाँ प्रक्रियामा जान निर्देशन दिएपछि अर्थमन्त्रीले त्यसलाई हस्तक्षेपका रुपमा बुझेको स्रोत बताउँछ । ‘प्रधानमन्त्रीको त्यो निर्देशनलाई अर्थमन्त्रीले हस्तक्षेपका रुपमा बुझ्नु भएछ, उहाँले आफू निकटस्थहरुलाई अब बिद्रोह गर्छु भन्नु भएको रहेछ ।’, स्रोतले भन्यो ।

ओली अमेरिका उडेपछि आफू निकटस्थ केहि नेताहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले ‘मलाई घेराबन्दीमा पारियो, असाध्यै हस्तक्षेप गरिँदैछ, पद त आउँछ जान्छ नि । अब म बिद्रोह गर्छु’ भनेको पनि उनी निकट स्रोतहरु बताउँछन् ।

नभन्दै मन्त्री पौडेलले चीन उड्नु अघि योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र अर्थ सचिव डा. राम प्रसाद घिमिरेलाई बोलाएर धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तीका लागि अन्तरवार्ता डाक्न लगाए ।

असोज ७ गते अर्थमन्त्री पौडेल चीन उडे भने छनौट समितिले असोज १० गते अन्तरवार्ताका लागि सूचना निकाल्यो । उल्लेख्य विषय त यो छ की योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी पाल्पाली हुन् भने अर्थ सचिव डा. घिमिरे गुल्मेली हुन् । यी दुबैलाई ती जिम्मेवारीमा ल्याउन अर्थमन्त्री विष्णु पौडेलकै जोडवल थियो । पौडेलले लगानी बोर्डका सीईओ समेत आफू निकटका सुशिल ज्ञवालीलाई नियुक्त गरिसकेका छन् ।

ओलीलाई बोकाइँदैछ पाँच अर्ब कमिसनको भारी

‘आज बिहान मात्रै मैले एउटा मिडियामा देखेको थिए । केपि ओलीले ५ अर्ब खाइसक्यो निलिसक्यो । मुखमा हालेको छकि, हालिसक्यो कि, मुखमा हाल्न ठिक्क पारेको छ , ४ अर्ब की ५ अर्ब जति चाहि केपी ओलीले खाने भो भनेर आइरहेका छन् ।’ यो भनाई केपी ओलीकै हो र उनले एमाले संसदीय दलको असार १ गतेको बैठकमा यस्तो बताएका थिए ।

जेठ ३२ गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा पाँच अर्ब कमिसनको खेल रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सी–०७९२६८।०८१।०२।३२ दर्ता नम्बर रहेको उजुरीमा भनिएको छ–‘पाँच अर्बको भ्रष्टाचार काण्डबाट देशलाई जोगाउन, ६३ लाख लगानी कर्ताको साढे ३३ खर्ब रुपैयाँ सम्पतिको सुरक्षाका लागि पनि सम्मानित अख्तियारले तत्काल अग्रसरता लिएर अहिलेका सम्पूर्ण प्रक्रियाहरु रोकि अनुसन्धान प्रक्रिया अघि बढाउनु हुन हार्दिक अनुरोध छ ।’

धितोपत्र बोर्डमा प्रचण्डको क्षेप्यास्त्र

माओवादी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रियामा बिचौलियाहरुको स्वार्थ अनुकुल काम नगरेपछि आफ्नो सरकार नै ढाल्न लागिएको आरोप लगाउँदै आएका छन् । प्रचण्ड र पुनले संसद र सार्वजनिक समारोहहरुमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रकरणकै कारण आफ्नो सरकार ढालिएको विषयलाई अहिलेसम्म पनि निरन्तर उठाईरहेका छन् ।

टप पाँचमा दुई हाजिर, तीन गयल

धितोपत्र बोर्डमा अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका थिए । तिमध्ये धितोपत्र बोर्डकै कार्यकारी निर्देशकद्धय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण बहादुर कार्की, बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ टप पाँचमा छानिएका थिए । उनीहरुमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले अन्तरवार्ता दिएका थिए भने डा. अधिकारी, कार्की र चापागाईँले अन्तरवार्ता बहिष्कार गरेका थिए । अन्तरवार्ता बहिष्कार गर्ने तीनै जना माओवादी पार्टी निकट मानिन्छन् । उनीहरुलाई माओवादी पार्टीकै चाहना अनुसार अन्तरवार्तामा उपस्थित नगराईएको आरोप छ ।

नेप्सेका सीईओ कार्की चिनिएका माओवादी कार्यकर्ता हुन, उनलई नेप्सेमा पनि जनार्दन शर्मा अर्थमन्त्री भएका समयमा सीईओ बनाईएको थियो । चापागाईँलाई प्रचण्ड नेतृत्वको सरकारले तत्कालिन बीमा समितिको अध्यक्ष बनाएको थियो । डा. नवराज अधिकारी भने माओवादी अध्यक्ष प्रचण्डका नातेदार हुन् ।

‘धितोपत्र बोर्ड अध्यक्ष बनाउन केपी ओलीले ५ अर्ब खान ठिक परेर बसेको हल्ला चलेको छ’ : केपी ओली

प्रधानमन्त्री-अर्थमन्त्री विदेशमै हुँदा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, पाँच अर्बको भारी बोक्ने को ?

 

GBIME

प्रतिक्रिया दिनुहोस्