Shikhar Insurance
National Life

अब मोबाइलबाटै ४ सय बढी गन्तव्यको टिकट काट्न सकिने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । दसैँका लागि काठमाडौं उपत्यकाबाट देशका विभिन्न गन्तव्यमा जानका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ ।

शनिबार टिकट खुलेसँगै भारी वर्षाका बाबजुद पनि यात्रुहरू बसपार्क र उपत्यकाका अन्यत्र रहेका टिकट काउन्टरमा लाइन लागेर टिकट काटिरहेका छन् । बससेवा डटकमले प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट अनलाइनमार्फत टिकट काट्न अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत केही दिनदेखिको निरन्तर भारी वर्षाका कारण उपत्यकाका धेरै सडक क्षतिग्रस्त भएको र पूर्ण रूपमा मर्मत भई आवागमन सहज नभइसकेको अवस्थामा टिकट काउन्टरमा लाइन लागेर समय खर्च गर्नुको सट्टा घरैबाट आफैँसँग भएको मोबाइलबाट टिकट काट्न सकिने व्यवस्था बससेवाले गरेको हो ।

बससेवाले शनिबारदेखि नै देशभरका विभिन्न ४३३ गन्तव्यका लागि टिकट बुकिङ खुलाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।

देशका जुनसुकै स्थानबाट पनि काठमाडौंबाट छुट्ने गाडीको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिने बससेवाले जनाएको छ ।

लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ । सरकार तथा यातायात व्यवसायीले यस पटक अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकताअनसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए ।

‘विगतमा अनलाइनमार्फत् काटिने टिकटको कोटा थोरै हुँदा अपेक्षित रूपमा टिकट उपलब्ध गराउन असहज हुने गरेको थियो’ खनालले भने ‘तर अहिले त्यो समस्या हटेको छ । आवश्यकताका आधारमा टिकट उपलब्ध छ ।’ खनालका अनुसार बससेवामार्फत काठमाडौंबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ ।

७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्