Shikhar Insurance
National Life

वर्षाले पाइप लाइन र इन्टेकमा पूरै क्षति, केयुकेएलको खानेपानी अवरुद्ध

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १०:५४
Hyundai
NCELL
NIMB

ललितपुर । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौं उपत्यका खानेपानी आयोजना (केयुकेएल) को खानेपानी अवरुद्ध भएको छ ।

हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘नल्लुबाट पानी आउने पाइप लाइन र इन्टेक पूरै क्षति भएको छ, त्यहाँको स्थलगत निरीक्षण नै हुनसकेको छैन, फर्पिङडाँडा नै पहिरो गएको हुनाले पाइप बाङ्गिएको छ, कतिपय ठाउँमा फुटेको पनि छ, यसलाई पुन:स्थापित गर्न अलि समय लाग्छ’ उनले भने ।

पहिरोले सडकको क्षति भएको हुँदा मुहानसम्म पुगेर स्थलगत निरीक्षण गर्न समस्या भइरहेको उनले बताए । यसबाट करिब ७० प्रतिशत घरमा खानेपानी सेवा प्रभावित हुने उनले जानकारी दिए । स्थलगत निरीक्षणबाट विपद्मा भएको क्षतिको मूल्याङ्कन भएपछि सेवा पुन:स्थापित गर्नका लागि १० दिन जति लाग्ने भट्टले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्