Shikhar Insurance
National Life

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, घरमै गाडी चेकजाँच हुने सुविधा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १८:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा मोटर्सले बाढि पहिरो तथा डुवानबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

टाटा मोटर्सका सर्भिस टिमले घरमै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्ने गरी सो व्यवस्था ल्याएको हो । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पुर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले भन्यो, ‘यस दु:खद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो ।’

चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखी विशेष आपलकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस बिभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्