Shikhar Insurance
National Life

सिटिजन्स म्युचुअल फण्डका ३ योजनाको लाभांश घोषणा, बुक क्लोज मिति पनि तय

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० का इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसअनुसार करसहित फन्ड–१ का इकाइधनीलाई ९ प्रतिशत, फन्ड–२ इकाइधनीलाई ६.५ प्रतिशत र सुपर ३० का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

यी तीनवटै योजनाको लाभांश वितरणका लागि असोज २३ गते बुक क्लोज हुनेछ । असोज २२ गतेसम्म कायम इकाइधनीहरुले मात्र यी तीन योजनाको लाभांश पाउनेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्