Shikhar Insurance
National Life

बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाइ क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ । आइतबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड,सिंचाईतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । मन्त्रालयले यो क्षति अनुमान मात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताए । उनले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड बराबरको क्षति भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सिंचाईतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गरे । मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको बताए । ऊर्जामन्त्री खड्काले दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना गरी चार जना बेपत्ता भएको जानकारी दिए ।

उनले निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत,ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिए । उनले मौसम विभागले गरेको पूर्वअनुमान गरी दिएको सूचनाको कारण क्षति कम भएको बताए । उनले गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्ब रुपैयाँ र ठूलो जनधनको पनि क्षति भएको बताए । मन्त्री खड्काले जलविद्युत आयोजनाहरु पून:निर्माणको कामलाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाए । सरकारले विभिन्न क्षेत्रमा नदी कटान,डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनहोस्