Shikhar Insurance
National Life

पूर्वसूचना पछि पनि सरकार विपद् पूर्वतयारीमा चुक्यो : माओवादी केन्द्र

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विपद्बाट प्रभावितहरुको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको बताएका हुन् ।

उनले पार्टीको तर्फबाट पनि बैठकमा आफूहरुले सो कुरा राखेको जानकारी दिए । उनले विपद् बाजा बजाएर नआउने उखान सुन्दै आएको भएपनि यस पटक मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भएपनि सरकार पूर्वतयारीमा चुकेको बताए । उनले पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी भएको जानकारी दिए । उनले तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय हुन नसक्दा विपद्बाट बढी क्षति भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन आग्रह गरेको बताए । उनले खोज र राहतको काममा केन्द्रित हुन र अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिए । अहिले सत्तापक्ष र प्रतिपक्ष भनेर बस्ने बेला नभएकाले सबैले आफ्नो ठाउँबाट काम गर्न आग्रह पनि गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्