Shikhar Insurance
National Life

बेरुतमा फैलिएको त्रासदीबाट चिन्तित छु, हिंसाको यो चक्र तत्काल बन्द गर्नुपर्छ : राष्ट्रसङ्घ प्रमुख

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १७:५०
Hyundai
NCELL
NIMB

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह गरेका छन् । बेरुतमा इजरायली हवाई आक्रमणमा परी हेजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि गुटेरेसले यो टिप्पणी व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल एक्समार्फत गुटेरेसले भने, ‘विगत २४ घण्टामा बेरुतमा भएका घटनाहरुमा म गम्भीर चिन्तित छु। हिंसाको यो चक्र तत्काल बन्द हुनुपर्छ ।’ ‘लेबनानी जनता, इजरायली जनता साथै सम्पूर्ण क्षेत्र युद्धको खर्च वहन गर्न सक्दैनन्’ उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैबीच,संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले एक्समा एउटा पोस्ट साझा गर्दै भन्यो, ‘लेबनानको त्रासदी माथि त्रासदी थपिँदै छ । हाल हिंसाको वृद्धिले हजारौँको ज्यान लिएको छ र मानिसमा अकल्पनीय डर पैदा गरेको छ । लेबनानका बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ ।’

इजरायली रक्षा बल (आईडीएफ) ले पनि शनिबार बेरुतको दहिह जिल्लामा गरेको आक्रमणमा वरिष्ठ हिजबुल्लाह गुप्तचर हसन खलील यासिनको मृत्यु भएको सेनाले जनाएको छ ।

यसैबीच, हिजबुल्लाहले बेरुतमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना नेता हसन नसरल्लाहको मृत्युलाई आधिकारिक रूपमा स्वीकार गरेको सिएनएनले जनाएको छ । लेबनानको स्वास्य्म मन्त्रालयले हसन नसरल्लाहलाई लक्षित गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु र दर्जनौँ घाइते भएको जनाएको छ।

साथै, नसरल्लाहको मृत्युपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आयातोल्लाह शासनलाई चेतावनी दिँदै इजरायललाई लक्षित आक्रमण गर्नेले भयानक परिणाम भोग्नुपर्ने र इरान वा मध्यपूर्वको कुनै पनि स्थान इजरायलको पहुँचभन्दा बाहिर नभएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्