Shikhar Insurance
National Life

२२.३६ अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.३६ अंकले घटेर २४६४.४० को बिन्दुमा पुगेको छ ।

आइताबार ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सिईडीबी हाइड्रोपावारको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ९२ लाख ३० हजार ८२० रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजर ३ सय ७५ रुपैयाँ पुगेको छ ।

आइतबार ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आइतबार विन लेपाल लघुवित्तको सेयर मूल्य ६.५५ प्रतिशतले बढेको छ भने अप्पार स्यांङ्ग हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्