Shikhar Insurance
National Life

बाढीले हाइड्रो पावरमा वितण्डा : माण्डूमा मात्रै अर्ब बढिको क्षति, अरुमा कति (सूचिसहित)

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १४:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । अबिरल वर्षासँगै आएको बाढी पहिरोले देशभरको हाइड्रो पावरमा गम्भीर असर पारेको छ । शुक्रबार (असोज ११ गते) देखि परेको पानीले हाइड्रो पावरमा ठूलो क्षति पुर्याएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले इप्पानलाई प्राप्त जानकारीअनुसार २०  बढी आयोजनाहरुमा क्षति भएको बताए । उनले विगतको भन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले काठमाडौं उपत्यकाभित्रै धेरै जनधनको समेत क्षति भएको जानकारी दिए । उनले अहिलेसम्म २० वटा आयोजनाहरुमा क्षति भएको जानकारीमा आएको बताए । उनले आयोजनामा बाढीका कारण दुई खालका क्षति भएको बताए । जलविद्युत आयोजनाको पावर हाउस,हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको जानकारी दिए ।

उनले बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँच मार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उल्लेख गरे । उनले धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको जानकारी दिए ।

उनले सरकारले विगतमा निजी क्षेत्रलाई दिएका सहुलियतहरुलाई निरन्तरता दिँँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको बताए । उनले आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भएकाले व्यवसायीहरु माथि उठ्न नसक्ने अवस्थामा पुग्ने दाबी गरे । उर्जा व्यवसायीहरुलाई सरकारले भन्सार तथा करमा सहुलियत दिन जरुरी रहेको बताए ।

कुन हाइड्रोमा कति क्षति

अनुसूची १ : बाढी पहिरोका कारण क्षतिग्रस्त निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजनाहरुको प्रारम्भिक विवरण

१) मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूर्णरुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिव १ अर्व रुपैयाँ बराबरको क्षति

२) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

३) पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति एकिन हुन बाँकी ।

४) साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु ( हेडवर्क्समा क्षति, उत्पादन बन्द) क्षति एकिन हुन बाँकी ।

५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिव ५ करोड रुपैयाँ बराबर क्षति ।

६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

७) फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूर्णरुपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

८) सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिव २ करोड रुपैयाँ बराबर क्षति ।

९) सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति एकिन हुन बाँकी ।

१०) इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति एकिन हुन बाँकी ।

११) माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

१२) हेवाखोला ए जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), संखुवासभा (कसर
पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिव १० करोड रुपैयाँ बराबर क्षति ।

१३) सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

१४) सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, ( पहुँचमार्गमा क्षति) करिव ३ करोड रुपैयाँ बराबर क्षति ।

१५) लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिव ८ करोड रुपैयाँ बराबरको क्षति ।

१६) सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट ( २ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

१७) लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी ।

१८) खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वैचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति |

१९) टुगुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति |

१९) दुगुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति ।

२०) माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करबि २ करोड रुपैयाँ बराबरको क्षति |

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्