Shikhar Insurance
National Life

बाढीले निजी क्षेत्रका १८ बढी जलविद्युत आयोजनामा क्षति, १ अर्ब बढीको नोक्शानी

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १४:००
Hyundai
NCELL
NIMB

काठमाडौं । दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढीको कारण १८ बढी आयोजनामा क्षति पुगेको बताएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले इप्पानलाई प्राप्त जानकारीअनुसार १८ बढी आयोजनाहरुमा क्षति भएको बताए । उनले विगतको भन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको जानकारी दिए । उनले काठमाडौं उपत्यकाभित्रै धेरै जनधनको समेत क्षति भएको जानकारी दिए । उनले अहिलेसम्म १७ देखि १८ आयोजनाहरुमा क्षति भएको जानकारीमा आएको बताए । उनले आयोजनामा बाढीका कारण दुई खालका क्षति भएको बताए । जलविद्युत आयोजनाको पावर हाउस,हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँच मार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उल्लेख गरे । उनले धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको जानकारी दिए । उनले सरकारले विगतमा निजी क्षेत्रलाई दिएका सहुलियतहरुलाई निरन्तरता दिँँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको बताए । उनले आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भएकाले व्यवसायीहरु माथि उठ्न नसक्ने अवस्थामा पुग्ने दाबी गरे । उर्जा व्यवसायीहरुलाई सरकारले भन्सार तथा करमा सहुलियत दिन जरुरी रहेको बताए ।

उनले सरकारसँग व्यापारिक उत्पादन मिति थप गर्न जरुरी रहेको बताए । बाढीमा क्षति पुगेका आयोजनाका लागि ल्याइने समानमा राज्यले लगाएको २८ प्रतिशत कर घटाउन माग गरे । उनले गत वर्ष पनि ३१ वटा आयोजनाहरुमा क्षति भएको उल्लेख गर्दै भएका आयोजनाहरुमा सरकारले राहत र भ्याट छुट दिने भनेपनि एक वर्ष पूरा नहुँदै फेरि बाढीले क्षति गरेको बताए । उाले सरकारले निजी क्षेत्रका जलविद्युतलाई तत्काल माथि उठ्नेगरी सहुलियत र छुटको व्यवस्था गर्नुपर्ने बताए । बाढीले मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको वागमती साना जलविद्युत आयोजना, २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना प्रभावित भएको छ । पाँचथरमा रहेको तल्लो हेवाखोला जलविद्युत आयोजनामा गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो । यो पटक पनि पावर हाउस डुबानमा परेको छ ।

पाँचथर पावरद्वारा प्रवद्र्धित १४।९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुन:निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुन: क्षतिग्रस्त भएको हो । साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रशारणलाइनमा क्षति पुगेको छ ।

फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट) को बाँध र विद्युतगृह पूर्णरुपमा क्षति पुगेको छ । सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट) को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ । सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट) को पहुँच मार्गमा ठूलो क्षति पुगेको छ । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना (२१६ मेगावाट) को क्याम्प हाउस र पहुँच मार्गमा क्षति पुगेको छ । आयोजनाको ३ वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ । सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट) पहुँचमार्ग,पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । सुपर त्रिशुली जलविद्युत आयोजना (१०० मेगावाट) को २ वटा स्काभेटर,२ वटा लोडर र ३ वटा ट्रिपर बगाएको इप्पानले बताएको छ ।

न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्