Shikhar Insurance
National Life

नवलपरासीका बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १३:५०
Hyundai
NCELL
NIMB

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केहि बस्तीहरु डुवानमा परेका हुन् ।

नारायणी नदिमा उर्लिएको बाढीका कारण डुवानमा परेका ति क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थगलत निरीक्षणका लागि पुगेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज बिहान बाढी डुवान क्षेत्रमा पुगेका सांसद चौधरीले राहत र थप क्षति हुन नदिन उद्धारका काम तत्काल गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि आफूले काम गरिरहेको र तत्कालका लागि उद्धार र राहत वितरणमा कुनै कमी हुन नदिने बताए । उनले भने, राहत वितरणको काम तत्काल सुरु हुन्छ । आजै यहाँ राहत पुग्छ । पुनस्र्थापना र यसको स्थायी समाधानका लागि काम भइरहेको छ ।

प्रतापपुर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ऋषिदेव पटेलले ३०० विघा धानबालीमा क्षति पुगेका बताए । उनले केहि घर पनि डुवानमा परेको बताए । सरावल गाउँपालिकाको वडा नं ६ मा पनि बाढीले क्षति पुगेको छ । बाढीका कारण संयौं विघामा लगाइएको धानबालीमा क्षति पुगेको छ । वडाध्यक्ष छोटेलाल गुप्तका अनुसार करिव ११ सय विघामा लगाइएको धानबालीमा क्षति पुगेको हो ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले नारायणी नदीबाट वर्षेनी हुने डुवानको स्थायी समाधानका लागि सरकारसँग निरन्तर पहल गर्दै आएका छन् । सरकारले दुई अर्ब ७७ करोड लागत हुने गरी दुई वटा डीपीआर तयार गरेर यो वर्ष करिव ४० करोड बजेट विनियोजन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्