विजय सत्याल नेपाली पुँजीबजारको परिचित नाम हो, सत्यालले पुँजीबजारको क्षेत्रमा २० वर्षभन्दा बढी समय काम गरिसकेका छन् । उनै सत्यालसँग नेपाली पुँजीबजारको अवस्था र विकासको बारेमा सिंहदरबार डटकमले गरेका कुराकानीको संवादित अंश :
नेपालमा पुँजीबजारको आवश्यकता किन छ ?
यो एक थ्योरिटिकल ग्राउण्डमा कुरा गर्नुपर्छ, प्राक्टिकलमा कुरा गर्नुपर्छ । २०४६ सालमा नेपालमा प्रजातन्त्र आयो । यो बेलाको प्रथम सरकारले अर्थतन्त्रको विकास गर्नका लागि पुँजीको आवश्यकता छ भन्ने महसुस गरेको थियो । त्यसका लागी पुँजीको पुरा कसरी गर्ने भन्दा देशभित्रै नेश्नलल पुल पुल निर्माण गर्ने गरी राष्ट्र बैंकलाई नियामक भनेर लाइसेन्स दिने काम गरियो ।
बीमा समिति बनाएर बीमा समितिमार्फत बीमा कम्पनीहरुलाई लाइसेन्स दिने काम गरियो । विभिन्न प्राइभेट सेक्टरमा लगानी गर्नका लागि सार्वजनिक सहभागिताका लागि धितोपत्र बोर्डको गठन गरियो । धितोपत्र ऐन ल्याइयो । फाइनान्सियल मार्केट र पुँजीबजारको विकास हुँदै आएको छ ।
यसको मतलब पुँजीबजार किन चाहियो भन्दा देशको आर्थिक स्रोतहरुलाई परिचालन गर्नका लागि प्राइभेट पब्लिक पार्टनरसिपलाई बढावा दिन, प्रवर्द्धन गर्नका लागि पुँजीबजारको लागि डिजाइन गरियो र त्यहि हिसाबले विकास गरिएको छ ।
पुँजीबजारको उद्देश्यसँगै पुँजीबजारले काम गरिरहेको छ त ? कुनै पनि प्राेजेक्ट बनाउँनका लागि पुँजी जेनेरेटका लागि यस्ले सिद्धान्तमा काम गरेको छ कि छैन ?
बिउ छरेपछि बिउ उम्रन्छ । रुख पनि बन्छ । रुख कस्तो बन्नुपर्छ भन्ने कुरा मालिले गरेको गोडमेलमा भर पर्छ । नेपालमा जतिबेला सेबोनको गठन गरियो जब कम्पनीहरुलाई आइपीओमा आउनका लागि पहल गरियो । कम्पनीहरु आइपीओमा आउँन मानेका थिएनन् । त्यसैले सरकारले जुन कम्पनी कर्पोरेटहरुको लाइसेन्स सरकारले दिनुपर्ने हो त्यस्लाई म्यान्डेट गरिदियो ।
आइपीओमा जानैपर्ने भन्ने भयो । त्यो बेला राष्ट्र बैंकले बैंकहरुको लाइसेन्स दियो त्यसमा ३० प्रतिशत पब्लिकका लागि सेयर छुट्याउ नै पर्छ भनेर म्यान्डेट गरिदियो । बीमा कम्पनीहरुमा पनि सोहि नियम लागू गरियो । त्यसपछि पुँजीबजारको विकास हुन थालेको हो । सरकारले म्यान्डेट कम्पनीहरुलाई पठाइसकेपछि विस्तारै इन्भेष्टरहरुलाई अवेर गर्दै गयौँ । यसमा त फाइदा पनि हुने रहेछ भनेर लगानीकर्ताहरु आकर्षित हुँदै अहिलेको अवस्था आएको हो । यसमा कतिपय राम्रा कुराहरु पनि छन् भने कतिपय सोचे जस्तो भएको छैन ।
पुँजी बजार सम्बन्धी एउटा धारणा बनिसक्यो, की आज पैसा लगायो भोली यस्ले व्यापक पैसा जेनेरेट गरिहाल्छ । सबैको धारणा के हुन थाल्यो भने आज चोक–चोकमा टोल–टोलमा सेयर मार्केटबारे चर्चा चलिरहेको छ । आज सेयर बढ्यो या घट्यो खुब चासो राखिरहेका हुन्छ । भनेपछि नव प्रवेशीहरुको अवस्था कस्तो छ ? यस्को आम सेन्टिमेन्ट, आज हाल्यो भोली कमाइहालिन्छ । त्यो मोटिभबाट चल्नुपर्ने हो कि यसको सिद्धान्त छुट्टै छ ?
पुँजीबजारको आवश्यता त छ नै । यसलाई कसरी इकोनोमिक ग्रोथसँग रिलेभेन्ट गर्ने भन्ने कुरा हो । यसमा सरकारले हेर्ने र सोच्ने तरिका अलग छ । नेप्से, सीडीएस इन्सिट्युसन हो । उनीहरुले बेग्लै तरिकाले हेर्नुपर्यो । त्यस्तै, ब्रोकरहरु पनि छन् । मचेन्ट बैंकहरु छन् । उनीहरु बिजनेस पर्सनहरु हुन् । लगानीकर्ता सर्तक हुनुपर्छ ।
जस्ले लगानी गर्न आउँछ त्यस्ले के बुझ्नुपर्छ भन्दा लगानीका ठाउँहरु के-के छ ? हामिसँग लगभग ३ सय वटा कम्पनीहरु छन् । कुन सेक्टर बढी फाइदाजनक छ ? त्यो ठाउँमा बढी लगानी गर्नुपर्ने हुँन्छ । यहाँ स्टक मार्केट हुने बित्तिकै त्यस्को स्क्रिप्ट लिस्ट हुने बित्तिकै त्यस्को प्रत्येक दिन ट्रेड हुन्छ । त्यस्को पनि डिमान्ड सप्लाइ बन्छ । डिमान्ड बढेपछि महंगोमा बेच्दा क्यापिटल गेन हुन्छ । त्यो तेस्रो आकर्षण हो । कम्पनीले वर्षको १४/ २० प्रतिशत फाइदा दिन्छ । कम लगानीमा किनेर धेरै लगानी बेच्ने तेस्रो आकर्षण भयो । अघिल्लो आकर्षणको अध्ययन बिना तेस्रो लगानीमा लाग्यो भने त्यो फाइदाजनक हुदैँन ।
हजुर लामो समयदेखि यहि मार्केटलाई हेरिरहनु भएको छ । पछिल्लो समय बजारमा प्रवेश गर्नेहरुको लिट्रेसिको लेभल कस्तो छ ? उनीहरुको अवस्था कस्तो छ ?
हामीसँग फाइनान्सियली लिट्रेसी पहिलेभन्दा बढी भएको छ । आजभन्दा १०, १५ वर्ष अगाडि जति लगानीकर्ताहरु थिए । त्यो भन्दा अहिले बढेको छ । पहिले मार्केटमा प्राइस भोलाट्लिटी आजको दाजोमा कम थियो । एक दिनको कारोबार रकम पनि कम थियो । तर आज मूल्यमा हुने उतारचढाव र कारोबार पनि बढी छ । यस्मा लगानीकर्ता अझ बढी सुसूचित हुनुपर्छ ।
अहिले नेपाली बजारमा उपलब्ध भएका कतिपय इन्स्ट्रुमेन्ट अपुग छ । जति धेरै कम्पनी, लगानीकर्ताहरु आए यस्मा उतारचढाव पनि बढी हुन्छ । त्यस्पछि जोखिम सृजना गर्छ । त्यो जोखिमलाई न्युनिकरण गर्नका लागि विभिन्न फाइनान्सियल टुल्सहरु हुनुपथ्र्यो । त्यस्को कमी पनि छ । यो क्षेत्रमा धेरै काम गर्न बाँकी छ ।
बजार ६ महिना अगाडिसम्म १८ सय २२ सय त्यसपछि २३, २४ पुग्थ्यो । बीचमा १८ सय बाट ३ हजार पुग्यो । ठूलो कारोबार हुन थाल्यो । फेरी एकदमै कम देखियो । किन टिकेन ? पल्छिल्लो सिनारियो चाँही के हो ?
मेरो पनि आफ्नै छुट्टै प्रोजेक्सेन छ । संसारभरीमा स्टक मार्केट पोजेटिभ एक्सपेक्टेशनमा मार्केट बढ्छ र नेगेटिभ एक्सपेक्टेशनमा मार्केट घट्छ । हालसालै पनि नेपालमा सरकार परिवर्तन भयो । यस्ले राजनितिक क्षेत्रमा केही फरक पारेन । केही पोजेटिभ इन्डीकेटरहरु एकदमै पोजेटिभहरु छन् ।
जस्तै, जिडीपी, पर क्यापिटल इन्कमहरु, ट्रेड व्यालेन्सका कुराहरु, उत्पादन घटेका/बढेका कुराहरु छन् । सबैभन्दा ठूलो २ वटा कुराले पुँजीबजारलाई असर पारेको छ । एउटा हामीसँग एक्स्ट्रनल इन्डिकेटरमा कति फोनर इजर छ ? आजभन्दा २ वर्ष अगाडि हामी लिक्वीरिटीको क्राइसिसमा गइसकेका थियौं । आयात गर्न सरकारले कतिपय कुराहरुमा पोलिसि नै क्रभ गरेको थियो ।
आज हामीसँग लिक्वीडीटी छ । अरु लगानी गर्न ठाउँ छैन । रेट अफ इन्ट्रेस तल छ । यो २ वटा इन्डीकेटरले पुँजीबजारमा एउटा राम्रो रोल गरिरहेको थियो भने एउटा नराम्रो रोल गरिरहेको थियो । सरकार परिवर्तन हुँदा पनि अहिलेको अर्थमन्त्री जति पटक अर्थमन्त्री भए त्यति नै पटक पुँजीबजार माथि गयो भन्ने उदाहरण थियो । अहिले पनि यसपाली पुँजीबजार माथि जान्छ भन्ने विश्वास लगानीकर्ताहरुलाई छ । यो ग्याम्बल गर्ने ठाउँ हो । हाम्रो मार्केट बुलिस हो ।
अब अहिले ३ हजार पुग्यो अब लो चाँही कति हुन्छ ? ठ्याक्कै भन्न मिल्छ ?
यो भन्दा अघिल्लो पल्ट अहिले जुन लास्ट बुल थियो । लगभग ३२ सयको हाई बनायो । त्यसपछि १८ सयको लो बनाएको थियो । यस्ले यो भन्दा अघिल्लोको हाइसँग हेर्ने हो भने त्यो बेला १८ सय हाई थियो भनेपछि १ हजार लो थियो । यसबाट के बुझ्न सकिन्छ भने हामी हायरमा हाई र लोयरमा लो बनाइरहेका छौँ ।
मार्केट जनरल्ली साइकल पुरा गर्नको लागि बढी टाईम लगाइरहेका छौँ । यो नै हाम्रो समस्या हो । १ पटक बुल आउँनका लागी कम्तिमा ६, ७ वर्ष लाग्छ । ३/४ वर्ष एउटै लोअर पोजिसनमा मार्केटमा स्वीईङ गरिराख्दा खेरी लगानीकर्ताहरु फ्रस्टेड हुने गर्छ ।
हाम्रो पुँजीबजार पोरस भइरहेको छ । स्याचुरेट भएको ठाउँमा स्क्याल्पिङ भइरहेको छ । भने जब बुलिस साइकल भएको बेला प्राइस भोलाटिलिटी बढी भइरहेको छ । २/४ महिना अरु हेरौँ फेरी पनि सेयर बढेन भने सस्टेन गरेन भनेर भन्न सकिन्छ ।
इन्ट्रेस रेटले त अहिले साथ दिइरहेको छ । राष्ट्र बैंकले लोनमा क्याप लगायो भनेर ठूलो कुरा थियो त्यो पनि हटाइसकेको छ । त्यो बेला त अब माथी जान्छ नै भन्ने थियो । अबको अवस्था चाँही कस्तो देख्नुहुन्छ ?
धितोपत्र बोर्डको अध्यक्ष अहिलेसम्म आएको छैन । लामो समयदेखि धितोपत्र बोर्डको पद खाली छ । जब टेक्नोलोजिमा स्टक एक्सचेन्ज गयो, हरेक इन्भेष्टरको हातमा टिएमएस पुगेको छ । एउटा लगानीकर्ताले किनीसक्दा उसले पे गरेन भने ब्रोकरले के गर्छ भन्ने कुरामा हामी स्पष्टि छैनौँ । ३, ४ ठाउँमा पोलिसीका डिलेमाहरु भएका कारणले मार्केटमा चाहिएको हुन सकेको छैन । हरेक वर्षको हरेक क्यापिटल मार्केटमा प्राइस मेनुपुलेसन स्ट्रिममा भयो भने ग्रोथ हुनु पर्ने ठाउँमा हुदैँ र जहाँ हुनुपर्ने हो त्यो हुन्छ ।
हामीले १० कित्ताको आइपीओको चलनमा ल्याइयो । त्यसपछि यस्को सकरात्मक र नकरात्मक पक्ष दुबै छ । यस्ले कस्तो भूमिका खेलिरहेको छ । नकरात्मक धेरै छ कि । सकरात्मक ?
यो १० कित्ता ल्याउँन हुन्छ कि हुदैँन भन्ने कुरा हो यो । यो अवश्य हुनुपर्छ । बढी पैसा हुनेले मात्र पुँजीबजारमा लगानी गर्न पाउँछ । थोरै पैसा हुनेले लगानी गर्न पाउँदैन भन्नु आफैँमा बायस हो । पुँजीबजारमा इच्छुक मान्छेले लगानी गर्न पाउँनुपर्छ ।
१० कित्ताले म्यानुपुलेसन गराएको हैन । बरु म्यानुपुलेट नगर्नका लागि के-के गर्नुपर्छ त ? रेगुलेशनलाई कहाँ- कहाँ करेक्सन गर्नु पर्छ । त्यो कुरा चाँही महत्त्वपूर्ण हो ।
१० कित्ताको आइपीओ आएपछि डिमाण्ड र सप्लाई कस्तो असर पारिरहेको छ ?
१० कित्ताले नै नयाँ प्राइस बनाउँने भयो । यस्ले प्राइसलाई घुमाउने सकिन्छ भन्ने कुरा हो । यो तरिकाबाट सोच्न उचित भएन । १४ डलर कमाउने व्यक्तिले लगानी गर्न पाउँदैन भन्ने होइन । उस्ले लगानी गर्न पाउँनुपर्छ । लगानी गर्दा प्राइस म्यानुपुलेशन भएको छ कि छैन ? त्यो प्राइस म्यानुपुलेशनलाई कन्ट्रोल गर्न के गर्नुपर्छ ? त्यो सरोकारको विषय हो । यो विषय धितोपत्र बोर्ड र नेपाल स्टकमा क्लियर हुनुपर्छ ।
२ करोड ९१ लाख जति जनसंख्या छन् । ६५ लाख त डिम्याट खाता नै भइसकेको छ । अब यो सबैलाई मार्केटमा ल्याउँने हो कि या क्रिम मान्छेहरुलाई मात्र मार्केटमा ल्याउँने हो ?
साना लगानीकर्ताहरुले पनि लगानी गर्न सकोस् भनेर नै हामीले पूँजीबजार बनाएका हौँ । कस्ता लगानीकर्ताहरुलाई कहाँ प्रवर्द्धन गर्ने भन्ने डिवेट गर्नुपर्छ । कहाँ हामीले लगानी गर्दा हाम्रो लगानी अप्ठ्यारोमा पर्न सक्छ ? भन्ने कुरामा बढी डिवेट गर्नुपर्छ । ल्याक अफ पोलिसीले १० कित्ते दोषी देखिएको हो । नत्र १० कित्ते हुनै पर्ने कुरा हो ।
बजारमा धेरै चल्ने कुरा भनेको स्कल्पिङ र कर्नरिङ हो । यस्को समस्याको समाधान चाँही के हुन सक्छ ? यस्मा केही जोसिएर आउँनेहरु फस्ने भए । बाठाँ–टाठाले मात्र सही समयमा एक्जिक्ट गर्ने भए । यस्को समाधानको उपाय के हो ?
हाम्रो स्कल्पिङ र कर्नरिङ भइरहेको छ । हामीसँग ठूला-ठूला म्युचुअल फण्डहरु पनि छन् । हामीले तत्काल गर्नुपर्ने कुरा चाँही के हो भने सर्भाइलेन्सलाई एकदमै एक्टिभ बनाउनु पर्ने हुन्छ । एसएमई प्लेट फर्ममा जानुपर्छ । नत्र यस्ता समस्याहरु झन् ठूलो भएर आउँछ । केही इनर डिप्रोडक्सहरु डिजाइन गरेर हाम्रो मार्केटमा ल्याउँनु पर्ने हुन्छ ।
पुँजीबजारको पैसालाई यथास्थितिमा राख्न लागि ब्यालेन्स गर्नका लागि टुल्सहरु जेनेरेट गर्नुपर्छ । लगानीकर्ताहरुले कहाँ लगानी गर्ने थाहा पाउँन सकुन् । त्यो हिसासबले प्रोडक्टहरु जेनेरेट गर्नुपर्छ । त्यसमा धितोपत्र बोर्ड र नेप्से कम्पिटली फेल भएको पाइएको छ ।
स्कल्पिङ र कर्नरिङबाट बच्न लगानीकर्ताले के कुरा पत्ता लगाउँनु पर्छ ?
यो पोलिसिको कुरा हो । त्यस्लाई कसरी रोक्ने ? अर्को प्राइस जेनेरेसन कसरी गर्ने ? यसमा धितोपत्र बोर्ड नेप्सेले नियम बनाएको छ । त्यो नियमलाई पुन अवलोकन गर्नुपर्छ । यो जोखिमलाई कभर गर्नका लागि नयाँ प्रोडक्टहरु ल्याउनुपर्छ ।
नयाँ स्टक एक्सचेन्ज आवश्यक छ, छैन ? भन्ने कुरा पनि डिभेट चलिरहेको छ । यस्कै लागी ठूलो रस्साकसी पनि चलिरहेको छ । नयाँ स्टक एक्सचेन्ज कसरी सस्टेन हुन्छ ? स्टक एक्सचेन्ज आफैँमा सरकारी लगानीको छ । नीजि क्षेत्रको स्टक आएपछि यस्ले कसरी फाइट गर्छ ?
नेपाल स्टक एक्सचेन्जले गर्नुपर्ने काम गर्न सकेको छैन । तर पनि एउटा विशेषज्ञता हासिल गरेको छ । सेयरबजार, कमन स्टकमा, इक्वीटीमा, बोन्ड, म्युचुअल फण्डहरुमा राम्रो विज्ञता हासिल गरिसकेको छ । राष्ट्रिय स्तरको एक्सपोर्टहरु दिएको छ । त्यसैले नेप्से राम्रो छ । तर उस्ले के-के गर्न सकेन ? स्मल एण्ड मिडियम इन्टप्राइजको प्रमोसन गर्न सकेन ।
म्युचुअल फण्ड र सेक्युरिटिजबीच सेक्युरिटिजभन्दा बाहिरको प्रोडक्सका लागि रिसर्च गरेर ल्याउने गरेका छैनौँ । नेप्सेले स्पेसलाइज फाइनान्सियल इन्स्ट्रुमेन्टमा काम गरेको छैन । कम्पनीको सेक्युरिटिजभन्दा बाहिर गएर अरु पनि अन्डरलाई एक्सेसको सेक्युराइज गर्न सकेमा नेपालको धितोपत्र बजारलाई राम्रो प्रमोट गरेर अर्थतन्त्रमा धेरै सर्पोट हुन्छ ।
तपाईको विचारमा नेपाल स्टक एक्सचेन्जले मात्र धान्दैन । अर्को नेपाल स्टक एक्सचेन्ज अपरिहार्य नै छ, भन्ने निष्कर्ष हो ?
नेपाल स्टक एक्सचेन्ज बाहेक अरुले पनि एक्सटेन्ट गर्न सक्छन् । अन्य इन्स्ट्रुमेन्टमा आधारित भएर दुबै मिलेर ग्रो गर्छ ।
मानौं, नयाँ स्टक एक्सचेन्जले लाइसेन्स पायो, सो एक्सचेन्जले कसरी काम सुरु गर्छ ? सामान्य व्यक्तिले बुझ्ने भाषामा बताइदिनस् न ? त्यो प्रकृया कसरी अगाडि बढ्छ ? कम्पनीहरु आफू खुसी पुरानोमा भएको लगानी नयाँमा दर्ता गर्न मिल्छ कि के हो ?
कतिपय कम्पनीहरु दुईवटा एक्सचेन्जमा पनि लिस्ट भएको देखिन्छ । भारत लगायत बाहिरी देशमा पनि यो छ । त्यतिमा मात्रै विज्ञता हासिल गर्यो भने दुईवटा एक्सचेन्ज बीचमा लडाई हुन्छ ।
भनेसी यदी कुनै कम्पनीको आइपीओ १० लाख कित्ता बराबर छ, भने ५/५ लाख बाडेर जाने हो कि कस्तो हुन्छ ?
त्यस्तै, हो । तर नयाँ एक्सचेन्ज दिइसकेपछि धितोपत्र बोर्डले खटाएर भन्ने कुरा हो । धितोपत्र बोर्डको पोलिसिमा धेरै भर पर्ने कुरा हो । नयाँ स्टक एक्सचेन्जले एसएमई प्रमोट गर्नुपर्छ । नेपालको स्टक एक्सचेन्जमा डेरिभेटिप्स नभई नहुने अवस्था भइसकेको छ । यस्मा नयाँ एक्सचेन्जले काम गर्न सक्छ ।
नयाँ स्टक एक्सचेन्जले लगानीकर्ताहरुको विश्वास कसरी जित्न सक्छ ? किनभने रेगुलेटरी मै समस्या देखिरहेको छ । नीजि क्षेत्रको स्टक एक्सचेन्ज आइराख्दा विश्वासको वातावरण कसरी बन्छ ?
सरकारले लगाएको कर लगानीकर्ताले तिर्नै पर्यो । पुँजी बजारलाई नयाँ स्टक एक्सचेन्जले विश्वास गर्नुभन्दा पनि समग्र मै पुँजी बजारलाई विश्वास गर्न योग्य कसरी बनाउने भन्ने कुरामा धितोपत्र बोर्डले ध्यान दिनुपर्छ । नयाँ स्टक एक्सचेन्ज आयो भने उस्ले गर्ने काम भनेको इस्ट्रुमेन्ट र सर्भिस हो ।
हाम्रो मार्केटले कति वटासम्म स्टक एक्सचेन्ज सस्टेन्ट गर्न सक्छ ? अब थप २ वटा स्टक एक्सचेन्ज आयो भने चल्न सक्छ कि सक्दैन ?
२ वटा स्टक एक्सचेन्ज नेपालमा मज्जाले चलाउन सकिन्छ । इन्डियामा २१ वटा स्टक एक्सचेन्ज छ ।
नयाँ स्टक एक्सचेन्जप्रति लगानीकर्ताहरु सेन्टिमेन्ट कस्तो पाउनु भएको छ, कतिको उत्साहित छन् ?
लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेन्जलाई आशा गरेका छन् । नयाँ स्टक एक्सचेन्ज आयो भने अन्य फाइनान्सियल इन्स्ट्रुमेन्टहरु पनि आउँछ भन्ने कुरालाई लगानीकर्ताहरुले लिएको छ ।
सेयर मार्केटलाई राष्ट्र बैंकले छायाँमा पार्यो कि ? बजारले मनिटरी पोलिसीलाई बढि महत्व दियो कि ? भन्ने छ । किन यस्तो भइरहेको छ ?
राष्ट्र बैंकले मनी मार्केट हेर्छ । मनी मार्केटको असर क्यापिटल मार्केटमा रेट अफ इन्ट्रेसले हुन्छ । अर्को अइभाइलेवल फाइनान्सियल इक्वीटीले हुन्छ । रेट अफ इन्ट्रेस डाउन हुदाँ सेयर मार्केट माथि नै हुन्छ । राष्ट्र बैंकले मनी मार्केटलाई रिबेट गर्न पाउँनुपर्छ । मनी पोलिसीले सेयर मार्केटमा असर त पार्छ । तर त्यो भन्दा पनि ठूलो प्रभाव आफूले कस्तो ठाउँमा लगानी गरेको छ ? भन्ने पनि सोच्नु पर्छ । सेयरमा कर्जा नेपालमा मात्रै छ । मार्जिन ट्रेडिङमा ब्रोकरहरु र लगानीकर्ताहरु नै क्लियर छैनन् । त्यहाँ समस्या छ ।
हामी अहिले टी प्लस टुमा छौँ । दुई दिन भित्र पैसा जम्मा गर्नुपर्ने अनि खातामा आउन पनि कुर्नुपर्ने । यस्को प्रभाव कस्तो छ ? रियल टाइम घण्टी बज्ने अनि खाताबाट पैसा काटिने त्यो बनाउँन के गर्नुपर्ला ?
टी प्लस टु नराम्रो होइन । पैसा लाने बेला टी प्लस टुमा लान्छन् । अनि पाउने बेला पाइरहेको हुदैँन । त्यो नै लगानीकर्ताहरुको समस्या हो । यस्मा धितोपत्र बोर्डको सर्भिलेन्स र हामीमा भएको प्ल्याट फर्मको जरुरी छ । कारोबार बढी भएको ठाउँमा टी प्लस टु सम्भव नहुन सक्छ ।
बजारलाई उधारो कारोबारले कस्तो प्रभाव पारिरहेको छ ?
यस्ले असर पारेको छ । यस्तो कारोबारले लगानीकर्ताहरु, ब्रोकरहरु प्रताडित भइरहेको हुन्छ । यस्मा धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, ब्रोकर्स भएर काम गर्नुपर्ने हुन्छ ।
सेयर बजारलाई पर्सनालाईज गर्ने चलन बढ्दै गएको छ । विष्णु प्रसाद पौडेल अर्थमन्त्री बन्ने भयो भन्ने हल्ला फैलिने बित्तिकै बजार माथि गयो । तर फेरी अर्थमन्त्री आफैं नेप्से गएर यो किन भयो भन्ने प्रश्न उठ्यो । नेपालमा यो ट्रेन्ड चाँही कसरी हुन्छ ?
यो स्वाभाविक कुरा हो । कोहि-कोहि व्यक्तिको जेस्चर नै हुन्छ । जस्ले मार्केटलाई सर्पोट गरिरहेको हुन्छ । विष्णु प्रसाद पौडेल जति पल्ट अर्थमन्त्री बन्नु भयो त्यति नै सेयर बजार माथि गएको छ । एक्ट्रनल इकोनोमी इन्डिकेटर्सहरु पोपिजटिभ थिए । त्यसमाथि विष्णु प्रसाद पौडेल अर्थमन्त्री डिक्लियर भएपछि लगानीकर्ताहरु उत्साहित भएको हो । त्यस्ले बजारमा बुल आएको हो ।
राम्रो लाभांश दिने कम्पनीमा लगानी गर्दा कम प्रतिफल पाइरहेको छ । वित्तिय विवरण सार्वजनिक नगर्ने, वासलात नै बिग्रेका कम्पनीहरु चाँही माथि जाने । यो गुनासो बाजारमा छ । यस्को तात्पर्य के हो ?
यो एकदमै समस्याको विषय हो । धितोपत्र बोर्डले संस्थागत नियामकिय अभावले गर्दा भएको हो । धितोपत्र बोर्ड मै यो समस्याको समाधान छ । यस्तो नहुनका लागि बोर्डले पालिसी रिफर्म गर्नुपर्छ । यो सम्भव छ ।
सेयर बजारलाई अर्थतन्त्रको ऐना पनि भनिन्छ । आहिले सेयर बजारको अवस्था हेर्दा यो सुत्रले नै काम नगरे जस्तो देखिन्छ । रियालाइजेसन किन भइरहेको छैन । राइट टेक आउँन बाँकी हो कि के हो ?
पुँजीबजार अर्थतन्त्रको ऐना नै हो । सेयर बजार माथि जान कहि न कहि इन्डिकेटरले काम गर्नुपर्छ । सिस्टम भित्र फाइनान्सियल लिक्वीडिटी हुनुपर्छ । हाम्रा नियामकिय निकायहरु नेप्से, नेपाल सरकार र धितोपत्र बोर्ड मिलेर यस्लाई बुझ्न सकेनन् । यस्ले गर्दा फाइनान्सियल लिक्वीडिटी हरायो ।
दोस्रो बजार कस्का लागि हो ? आम मासमा कस्ता मानिसका लागि सेकेन्डरी मार्केट हो । अब राट्र बैंकले पनि संस्थागतमा जाऔँ । यो सेयर मार्केट जो कोहिको लागि हैन भन्ने किसिमले नियमहरु बनाउँदै छ । दोस्रो बजारमा खेल्न फुल टाइम नै चाहियो कि के हुन्छ ?
दोस्रो बजार रेष्ट्रिक गर्नु भनेको पोलिसिको हिसाबले गलत हो । यो जस्को लागि पनि खुल्ला हुनु पर्ने हो । संस्थागतलाई जोड दिदाँ व्यक्तिगतलाई आउन दिन्न भन्ने कुरा हुदैँन । व्यक्तिगत लगानीकर्तामा हाइ नेटवर्थ, एभरेज नेटवर्थ लगानी भएकोलाई के सुविधा दिने बुझेर सोही अनुसार पोलिसि बनाउँन जरुरी छ ।
लगानीकर्ताहरुमा धैर्य र लिट्रेसीको कमि भएको हो ?
कस्लाई कुन इन्स्ट्रुमेन्ट फिट गर्छ त्यस्ले त्यहि इन्स्ट्रुमेन्ट ट्रेड गर्नुपर्छ । प्रोफेस्नल लगानीकर्ताले सिप ट्रेड गरेर नै पैसा कमाउँछन् । रेसिष्ट गर्ने पावर छैन भने तीनका लागि विकल्प छ । इन्स्ट्रुमेन्ट छ ।
बजारमा सेयर बजार विज्ञको खडेरी लागेको हो ?
हैन । थुप्रै छन् विज्ञहरु । तर सेयर बजार, मूल्यको बारेमा बुझे पनि टेक्निकालिटीको बारेमा कसैले कुरा गरेको देखेको छैन । मूल्य कहाँ पुग्छ ? भन्ने मान्छेहरु भेटे तर सेयर बजारमा के के हुनुपर्छ ? भन्ने भेटेको छैन ।
प्रतिक्रिया दिनुहोस्