Shikhar Insurance
National Life

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष दाहालको आह्वान

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् । अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुन:स्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको बताएका हुन् ।

तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको नि:शुल्क उपचार र विस्थापितलाई पुन:स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि तत्काल पहलकदमी लिन नसक्नु दु:खद भएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष दाहालले बाढीपहिराका कारण अवरुद्ध भएका राजमार्गसहित सडक, सञ्चार र विद्युत्लगायत अत्यावश्यक सेवा यथाशीघ्र पुन:सञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । पूर्वप्रधानमन्त्री दाहालले दसैँ, तिहारजस्ता ठूला पर्व नजिकिएकाले युद्धस्तरमा पुन:निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

विपद् प्रतिकार्यमा अनवरत खटिइरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै अध्यक्ष दाहालले बेपत्ता नगारिकको खोजी, बिस्थापितको पुन:स्थापना र क्षतिग्रस्त संरचनाको पुन:निर्माणलगायत कार्यमा निरन्तर लाग्न निर्देशन दिए । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति दु:ख व्यक्त गरेका छन् । उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गत विहीबारदेखिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौँ नागरिक घरवारविहीन भएका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्