Shikhar Insurance
National Life

विपद्को घडीमा सञ्चार सेवा सुनिश्चित गर्न एनसेलकाे नि:शुल्क डेटा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । तीनदेखिको निरन्तर वर्षापछि आएको बाढी डुबान र पहिरोले निम्त्याएको यस विपदको घडीमा संचार सेवालाई सुनिस्चित गर्नलाई एनसेलले निशुल्क डेटा सुविधा उपलब्ध गराउने भएको छ। एनसेलले शनिबार बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई नि:शुल्क डेटा उपलब्ध गराइसकेको हो ।

यस पहलले एनसेलले आफ्ना ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्त्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने उदेश्य लिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनसेलकाअनुसार नि:शुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्नेछ । नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको छ ।

एनसेलले १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनीमात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग रहेको जानकारी दिएको छ ।

‘हाम्रो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सिमित नभई यो सेवाको मद्दले ग्राहकले आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरुसँग सम्पर्कमा रहिरहुन् भन्ने उदेश्यले निशुल्क डेटा सुविधा उपलब्ध गराएको एनसेलले जनाएको छ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्