Shikhar Insurance
National Life

वाग्मतीको बजेटः कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा केन्द्रित हुँदै, केही छैन नयाँ

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आवको बजेट आज प्रदेश सभामा पेश गर्दैछ । प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको चौथो बजेट पढ्दैछन् ।

बजेटले कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने एवम् गर्दै हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने गरी रकम विनियोजन गर्ने बताइएको छ । कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न प्रदेश सरकार मातहत कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रका उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्यमा भ्रमण जानका लागि उत्प्रेरणात्मक कार्यक्रम ल्याइने , कोरोना विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन आवश्यकता अनुसार ‘प्रदेश प्रमुख कोभिड १९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गर्न बजेट ल्याइएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजेटमार्फत् कोभिड १९ लगायत महामारीजन्य रोगहरूको रोकथाम, उपचार र नियन्त्रणका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रदेशअन्तर्गत रहेका सबै अस्पताल लगायत स्वास्थ्य संस्थाको सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्था गरी प्रणालीगत सुधार गरिने छ ।

प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालहरूमा पिसिआर प्रयोगशाला स्थापना गरी कोरोनाको निःशुल्क परीक्षणको व्यवस्था मिलाउने घोषणा नीति तथा कार्यक्रममै गरिएको छ । कोरोना उपचारलाई व्यवस्थित गर्न प्रदेशअन्तर्गतका अस्पतालमा थप एचडीयू, आइसीयू र भेन्टिलेटर स्थापना तथा सुदृढीकरण गरिने छ ।

कोरोनाका उपचारमा जनशक्तिको अभाव हुन नदिन आवश्यक चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सेवा करारमा लिने व्यवस्था मिलाइने, स्वास्थ्यकर्मीहरूको सीप र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने, कोरोनाले विद्यालय शिक्षण सिकाइमा पारेको प्रभावलाई न्यूनीकरण गर्न वैकल्पिक पद्धति मार्फत शिक्षण सिकाइलाई निरन्तरता दिइने, स्थानीय तहका ३ सय ५९ वटा सामुदायिक माध्यामिक विद्यालयहरूमा ‘एक विद्यालय एक नर्स’  कार्यक्रमअन्तर्गत परिचालित स्वास्थ्यकर्मीलाई कोरोना लगायत सरुवा रोगको रोकथाम नियन्त्रणमा सचेतना जगाउने र उपचारका लागि अस्पताल एवम् स्वास्थ्य संस्थामा समेत आवश्यकता अनुसार खटाउन नीति तथा कार्यक्रमको घोषणा अनुसार बजेट विनियोजन गरिँदैछ ।

‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी’

कोभिड १९ को कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक तीन हजारका दरले शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदैछ । यसैगरी कोभिड १९ को सङ्कटबाट प्रभावित नागरिकको जीवनस्तरमा सुधार ल्याउन हरित उत्पादन, उत्थानशील र समावेशी विकास जस्ता असल अभ्यासहरूको आन्तरिकीकरण गरी सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रमहरू कार्यान्वयन गरिने, कोभिड १९ का कारण प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न लक्षित वर्ग र क्षेत्र विशेषमा पुनरुत्थान र पुनर्भरण कार्यक्रम ल्याइने, बैँक तथा वित्तीय संस्थाहरूको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’ लाई निरन्तरता दिइने, यस कार्यक्रमको प्रभावकारिताको अध्ययन गरिने, कोभिड १९ ले उद्योग तथा पर्यटन क्षेत्रमा पारेको नकरात्मक असरलाई सम्बोधन गर्न ‘जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हीत’ भन्ने सोचसहित युवाहरूमा उद्यमशीलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण गरिनेछ ।

सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने, कोभिड १९ माहामारीको कारण रोजगारी गुमाई आफ्नो गाउँ फर्किएका जनशक्तिलाई उद्यमशीलता विकास र रोजगारीका अवसरहरू सिर्जना गर्न ‘मेरो गाउँ, उद्यमसहित जिउँने ठाउँ’ लाई अभियानको रूपमा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारीका कार्यक्रम अगाडि बढाइनेलगायतका कार्यक्रमहरु पनि बजेटमा समावेश हुने बताइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्