Shikhar Insurance
National Life

रु रु जलविद्युतको १५ प्रतिशत बोनस सेयर घोषणा, ८०% हकप्रद पनि जारी गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीको ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त प्रस्ताव पारित गर्न कम्पनीले लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बस्ने गरी कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने सभाको एजेन्डा रहेको कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ । असोज २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्र सभामा सहभागिता हुन पाउँने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्