Shikhar Insurance
National Life

कालिका लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १०:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५ सय कित्ता संस्थापक बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो तर विद्यमान संस्थापकहरुबाट कुनै आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय पोखरामा आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्