Shikhar Insurance
National Life

बाढीले साहस उर्जा, माण्डु र हेवा खोला जलविद्युत आयोजनामा गम्भिर क्षति, अन्य आयोजनाको विवरण आउँदै

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार ०९:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । शुक्रबारदेखीको अबिरल वर्षाले ८६ मेगावटको साहस उर्जा, २२ मेगावाटको माण्डु खोला हाइड्रो पावर र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजनामा गम्भिर क्षति पुगको छ ।

बागमति नदिको बाढी र कुलेखानीको ड्याम खोल्दा थपिएको पानीले आयोजनामा क्षति पुर्याएको हो । माण्डु खोला आयोजना पुर्ण रुपमा डुबानमा परी विद्युत उत्पादन बन्न भएको छ । यस्तै, तल्लो हेवा खोला २२.१ मेगावाटको आयोजनामा पनि डुबानमा परी विद्युत उत्पादन नै बन्द भएको छ । आयोजना पुग्ने हेवाखोला पुल यो पालि पनि बगाएको छ । यो पुल गतवर्ष पनि बगाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साहस उर्जाको ८६ मेगावाटको आयोजना पनि बन्द भएको छ । पानीसँगै आएमो लेदोले आयोजनाको इन्टेकमा क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का महासचिव बलराम खतिवडाले जानकारी दिए ।

उनका अनुसार निजि क्षेत्रका हालसम्म ३ वटा आयोजनाको विद्युत उत्पादन बन्द भएको र थप विवरण आउन बाँकी रहेको छ । महासचिव खतिवडाले सिंहदरबारसँग भने, ‘क्षतिको विवरण आउने क्रममा छ, ३ वटा संचालनमा रहेका आयोजना बन्द नै हुन पुगेको छ, लिखु करिडोरको आयोजनाहरुमा क्षति नपुगेको भन्ने छ, विद्युत प्राधिकरणको प्रशारण लाइनमा क्षति भएको कारणले उत्पादन नै बन्द गर्नुपर्ने भएको छ । प्लान्टमा सानातिना क्षति भएका छन् ।’

महासचिव खतिवडाका अनुसार हालसम्म मानविय क्षतिको विवरण भने आएको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्