Shikhar Insurance
National Life

कुलेखानी ड्याम भरियो, सतर्कताकाे चेतावनी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह सचिव भीष्मकुमार भूसालले कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएकाले सतर्क रहन आग्रह गरेको छ ।

उनले शुक्रबार बिहानदेखि परेको भिषण पानीले कुलेखानी ड्याम भरिन सक्ने र ड्यामका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै सावधान रहन आग्रह गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सह सचिव भूसालले कुलेखानी बाँधदेखि सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको जनाएको छ ।

कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउँन उनले निर्देशन दिएका छन् । उनले प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न अनुरोध गरेको छ ।

साथै, उनले सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्न समेत अनुरोध गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्