Shikhar Insurance
National Life

सानिमा बैंकको दशैं धमाका योजना : दराजबाट सामान खरिद गर्दा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले र दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

बैंकका ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यो योजना असोेज ११ गतेदेखि २१ गतेसम्म ११ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्