Shikhar Insurance
National Life

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेतालाई स्कुटर प्रदान

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १४:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ ।

उनीहरुलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कूटर प्रदान गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफुले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ ।

उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामुहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोनहरू पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेका थिए । उनीहरूको मेहनत र धैर्यले उनिहरुलाई काठमाडौं म्याराथनको लागि तयार बनाएको छ जहाँ उनीहरूले प्रशिक्षाणको क्रममा हासिल गरेका कौशल र सहनशीलता प्रदर्शन गर्ने छन् ।

विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखानीय संलग्नता जनाए बापत सम्मानित गरिएको हो । योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गरेको छ । यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धिहरूलाई पहिचान गर्ने मात्र नभई अरुहरुलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गर्दछ ।

इन्ड्राइभका एशिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन्, ‘हाम्रा लगनशील ड्राइभरहरुको उपलब्धिलाई यसरी मनाउन पाउँदा हामीलाई खुशी लागेको छ । योरपेस पहलहरु मार्फत हामी मानिसहरुलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहन्छौँ । यो क्याम्पेनको सफलताले हामी कसरी एकै ठाउँँमा आएर, एक अर्कालाई साथ दिएर अगाडि बढ्न सक्छौँ भनेर उदाहरण देखाएको छ । यो यात्रालाई अझै निरन्तरता दिन हामी उत्साहित छौँ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्