एक जमाना थियो, जहाँ कलाकारलाई आफूले सिर्जना गरेको चित्रकलाबाट जीविकोपार्जन गर्न निकै गाह्रो हुने गथ्र्यो । आफूभित्र भएको सिप, कला र प्रतिभाको प्रचारप्रसार गर्न उपयुक्त माध्यमको अभावले कलाकार आफ्ना सिर्जना मनभित्रै दबाउन बाध्य हुन्थे । अहिले भने समय बदलिएको छ । अहिले चित्रकला हजारौँमा मात्र होइन, लाखौँ रुपैयाँमा बिक्री हुन थालेका छन् ।
चित्रकार केशव राज खनाल अहिले ४५ वर्षको भए । १६ वर्षदेखि चित्रकलामा लागेका उनले अहिले एक चित्रबाट हजारदेखि लाखौँसम्म कमाउँछन् । सानैदेखि मिहिनेती र लगनशिल उनी आफ्नी दिदीको चित्र र कलाबाट प्रभावित भएका थिए ।
‘सानोमा मेरी दिदीले चित्र कोरेर सम्मान पाउँनुभएको थियो । त्यती बेला दिदीले चित्रबाट रेड क्रसको सम्मान पाउँनुभएको थियो । स्कुलको एसेम्ब्ली लाइनमा अगाडि बोलाएर खातामाला लगाइ दिदाँ मेरो मन प्रफुल्लित भयो’ उनले भने । दिदीले कोरेको चित्र र उनले पाएका सम्मान देखेर नै खनाल चित्रकला प्रेमी बन्न पुगेका थिए । राम्रो चित्र कोर्न सक्यौँ भने माया, सम्मान र वाहा वाहाई पाइने रहेछ भन्ने भ्रम खनालको मनमा पैदा भएको थियो ।
सामान्य घरमा जन्मेका उनी चित्रकलामा लाग्न दिदी नै प्रमुख स्रोत बनिन् । छोरा छोरी डाक्टर, इन्जिनियर, पाइलट बनुन् भन्ने सोच भएको समाजमा आफ्नै घरमा चित्रकलामा लागेकी दिदी भएपछि उनलाई छुट्टै प्रेरणा मिल्यो । र घरबाट दबाब कम भयो ।
भैरवहा रुपन्देहीमा जन्मेका उनी अहिले कामको शिलशिलामा काठमाडौंमा बसोबास गर्दै आएका छन् । यहाँ उनको श्रीमति र छोराछोरी छन् । उनले संर्घषका क्रममा गरेका ती दुखका दिनहरु सम्झिदैँ भने, ‘चित्र कोर्ने ईच्छा थियो तर स्रोत, साधन र साम्रगी जुटाउँन सहज भने थिएन । चित्रकलामा लाग्छु भनेर काठमाडौं प्रवेश गरेपछि कति भोकै सुते, कति आधा पेट नै सुतेँ ।’
त्यति बेलाको कडा मिहिनेत र परिश्रमले नै आजको यो सुखद दिन आएको उनी बताउँछन् । उनले अहिले चित्र मात्र कोर्दैनन् । ईच्छुक तथा अवसर नपाएकाहरुलाई पढाउँछन् पनि । हाल उनले बाघबजारस्थित सही शुक्रम माद्यमिक विद्यालयमा पढाउँदै आइरहेका छन् ।
उनमा एक विधामा मात्र नभई सबै विधामा चित्र कोर्न सक्ने अद्भुत कला समेत छ । तर आफूले विशेष गरी ‘एक्रिलिक विधा’मा बढी चित्र उतार्ने गरेको उनी बताउँछन् । पारिवारिक पृष्ठ हेर्दा उनी किसानका छोरा थिए । उनलाई राजधानिमा बस्न, जीवनयापन गर्न सोचे जति सजिलो भने थिएन । खनाल भन्छन्, ‘कहिले काहिँ गोजिमा २० रुपैयाँ समेत हुँदैन थियो ।’
उनले भने, ‘चित्रकलामा यति भोक थियो कि म काठमाडौं आएर पनि चित्रकला नै पढेँ ।’ उनले चित्रकारको रुपमा उनलाई चिनाउन ठुलो संघर्ष गरेका थिए । अभावका दिनलाई टाल्दै जादा आज उनी यो स्थान सम्म आइ पुगेका छन् । राजधानीको बसाई एउटै कोठामा उनले सारा संसार अटाएका थिए ।
मट्टितेलको सहायताले स्टोभमा दम दिँदै खाना पकाएको कुरा सुनाउँदै गर्दा खनालको अनुहारमा पिडाको स्पष्ट भाव देखिन्थो । उनी आफैँ खाना पकाएर कलेज जानेदेखि चित्रकलालाई समय दिने र काठमाडौं शहरसँग मिलेर संघर्ष गर्ने कार्यलाई भने निरन्तरता दिई रहे ।
उनले अहिले एक चित्रबाटै १० हजारदेखि ६ लाखसम्म कमाउँछन् । खनालले चित्रबाट पहिलो पटक ३० रुपैयाँ पाएका थिए । त्यो बेलाको ३० रुपैयाँले आफुलाई धेरै खुसी र प्रोत्साहन दिएको उनी बताउँछन् ।
उनले आफ्नो पहिलो चित्रबाट पाएको पैसा भन्दै खर्च नगरी सजाएर राखेका थिए । तर एक दिन दुर्भाग्यबस झुक्किएर त्यो पैसा मासिएको थियो । ‘त्यो पैसा गुमाउँदा मेरो धेरै मन दुखेको थियो । आँखाबाट आसुसमेत झरेको थियो’ उनले मलिन अनुहारमा सुनाए ।
नेपाली कला र सिप बढी रुचाँने खनाल सास्कृतिक, प्राकृतिक चिजविजहरु झल्किने खालका चित्रहरु कोर्नमा बढी मन लगाउँछन् । उनले चित्र कोर्ने क्रममा बंगलादेश, भारत, इन्डोनेसिया, थाइल्याण्डलगायतका देशहरु भ्रमण गरिसकेका छन् ।
उनले कोरेका चित्र देशभित्र मात्र नभई बाहिरी देशहरुमा समेत बिक्री हुदैँ आएको छ । यस्ले नेपालमा रेमिट्यान्स भित्र्याउँन समेत मद्दत पुग्ने खनाल बताउँछन् । उनले सुनाए, ‘सानो आँखाले देख्ने पुरा ब्रंह्वाण्डलाई सानो कागतमा उतार्न सकिन्छ ।’
चित्रकलाबाट जीवन धान्न कतिको सहज छ भनि सोध्दा ? उनी भन्छन्, ‘आधारभूत आवश्यकता सजिलै पूरा गर्न सकेको छु । बाल बच्चालाई राम्रै शिक्षा दिक्षा दिन सकेको छु भने अलि अछि बैंक ब्यालेन्स पनि भएकै छ ।’
खलानका सफलता तथा पुरस्कारहरु
चित्रकार केशव राज खनालले जिल्ला स्तरीय विद्यालय चित्रकला प्रतियोगिता १९९६ मा प्रथम पुरस्कार पाएका थिए । यो पहिलो पुरस्कार र सम्मानले उनलाई थप हौसला र उर्जा दिएको थियो ।
दिदीले झै धेरै मानिसहरुको अगाडि आफूलाई उभ्याएर पुरस्कार लिने उनको सबैभन्दा ठुलो सपना पूरा भएको थियो । त्यो दिनलाई उनले सबैभन्दा सुभ दिन मानेका थिए । ‘त्यो पुरस्कार पाएपछि घरबाट पनि अझ बढी प्रेरणा पाउँन थाले’ उनले सुनाए ।
त्यसैगरी, उनले १९९७ मा विद्यालय स्तरीय राष्ट्रिय चित्रकला प्रतियोगिताबाट पुरस्कार प्राप्त गरेका थिए । उनले एक पछि अर्को सफलता हात पार्दै लगे । चित्रकलामा अथाहा लगाव र प्रेम भएका उनले त्यही वर्ष फेरी अर्को सफलतालाई हात पार्न सफल भए । उनले १९९७ मै स्कूल स्तर एल्बम राष्ट्रिय प्रतियोगिताबाट सुनौलो सम्मान प्राप्त गरे ।
लगत्तै उनले वाणिज्य कलाकार संघ, केन्द्रीय समिति, काठमाडौं, नेपाल द्वारा शिक्षकको रूपमा सम्मान विस २०६१ मा सम्मान पाए भने भैरहवा बहुमुखी क्याम्पस, भैरहवा, नेपाल द्वारा आयोजित अन्तर क्याम्पस राष्ट्रिय प्रतियोगितामा मिस्टर बेस्ट कन्जुगालिटी अवार्ड, २००१ हात पारे ।
एकपछि अर्को प्रयासमा उनले यत्ति धेरै प्रगति गर्न थाले की उनले हरेक वर्ष हैन, हरेक महिना हैन एक वर्ष मै ३ उत्कृष्ट पुरस्कार पाए । खातामाला र रातो टिका लगाएर गर्ने सम्मानबाट चित्र प्रेमी भएका उनी चौतर्फीबाट विभिन्न अवार्डहरुबाट घेरिएका थिए ।
एक रुपले भन्ने हो भने उनकी दिदी नै यी सब पुरस्कारको हकदार थिए । २००१ उनका लागि पुरस्कारको वर्ष घोषित भएको थियो । उनले त्यो वर्ष एक, दुई हैन तिन वटा पुरस्कार पाएका थिए ।
२००१ मा उनले भैरहवा बहुमुखी क्याम्पस, भैरहवा, नेपाल द्वारा आयोजित राष्ट्रिय स्तरको कलेज प्रतियोगितामा मिस्टर ट्यालेन्ट अवार्ड, राष्ट्रिय लिभर अन्तर क्याम्पस प्रतियोगितामा मिस्टर बेस्ट स्पीच अवार्ड र अन्तर क्याम्पस राष्ट्रिय प्रतियोगितामा मिस्टर बेस्ट कन्जुगालिटी अवार्ड प्राप्त गरेका थिए ।
यतिन्जेल उनले जिवनमा गरेका धेरै दुख संघर्षका प्रतिफल प्राप्त गरिसकेका थिए भने पछि गएर हजारौँ मानिसहरुको अगाडि म पनि सम्मान प्राप्त गर्छु भन्ने भोकको प्यास मेटासकेका थिए ।
तर उनले केहि क्षण, केही समयका लागि मात्र चित्रकलामा प्रवेश गरेका थिएनन् । उनले आफ्नो लगावलाई निरन्तरता दिइरहे । त्यसैगरी, उनले मेरिट अवार्ड-नेपाल कमर्शियल आर्टिस्ट एसोसिएसन २००६, रचनात्मक कलाकार पुरस्कार सीएएएन केन्द्रीय समिति २०१३, सम्मानित, ललितकला मञ्च केन्द्रीय समिति २०७३ र अरुपन आर्ट ग्यालरीद्वारा कला समीक्षक विशेष पुरस्कार २०१४ पुरस्कार प्राप्त गरे ।
उनले देशभित्रबाट नभई अन्तर्राष्ट्रिय रुपमा समेत पुरस्कार पाउँन थालेका थिए । यसको मतलब खनाल देश बाहिर पनि छाउँन थालेका थिए । विदेशीहरुले समेत उनले कोरेका चित्र मन पराउँने थालेका थिए । र माग बढ्न थालेको थियो ।
त्यसैगरी, उनले २०१५ मा पनि फेरी ३ वटा पुरस्कार एकै वर्षमा हासिल गनृ सफल भए । उनले २०१५ मा उत्कृष्टता अवार्ट, स्पन्दन अन्तर्राष्ट्रिय कला प्रदर्शनी, शिमला, भारत, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान द्वारा खुला पोस्टर प्रतियोगिता संगठनमा प्रथम पुरस्कार र हातेमालो अभियानद्वारा खुला पोस्टर प्रतियोगिता संगठनमा प्रथम पुरस्कार पाए ।
त्यस्तै, उनले विशेष पुरस्कार, दोस्रो अन्तर्राष्ट्रिय वाटर कलर महोत्सव, नेपाल २०१८, हेम गंगा युवा कलाकार प्रतिभा पुरस्कार २०१८ र सरकारद्वारा लुम्बिनी प्रादेशिक प्रतिभा पुरस्कार २०२१ पाएका थिए ।
नेपाल पत्रकार महासंघका परिषद् सदस्य समेत रहेका उनले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्वारा कला पत्रकार पुरस्कार २०२० पुरस्कार पनि हात पारे । उनी अझै रोकिएका छैनन् । आफ्नो कामलाई उनले निरन्तरता दिई रहेका छन् ।
बाल्यकाल देखिको लगाव, संघर्ष र मिहिनेतले नै आज खनाललाई अनेकौ पुरस्कार र सम्मानको हकदार बनायो । उनी एक चित्रका, शिक्षक, पत्रकार मात्र होईनन् । उनले धेरै क्षेत्र तथा पदको अनुभव संगालेका छन् ।
उनी ललित कला पत्रकार समाज (सोफज, नेपाल) का संस्थापक अध्यक्ष समेत हुन् । मिहिनेती खनाललाई उनको जोस् र संर्घषले एक ठाउँमा अडिक हुन दिएन । उनी आफ्नो श्रमले सकेजति ठाउँमा मिहिनेत गर्न छाड्दैनथे ।
यही क्रममा उनी कार्टुनिस्ट क्लब अफ नेपालका उपाध्यक्ष, पारदर्शी वाटर कलर सोसाइटी, नेपालका संस्थापक सचिव, आर्ट नेपाल डटकम नेटका संस्थापक सम्पादक र पञ्चशील कलाकार समूह, नेपालका संस्थापक समेत रहेर काम गरे ।
चित्रकलामा प्रवेश गर्दा हजारौ दुख कष्ट झेलेका खनालले २००५ मा कमर्शियल आर्टिस्ट एसोसिएसन, सिंह आर्ट ग्यालेरीसँग सामूहिक प्रदर्शनी समेत गरेका थिए । यति मात्र नभई उनले थुप्रै संस्थाहरुसँग आवद्ध भई कला प्रदर्शन गरेका छन् ।
उनले भने, ‘विभिन्न महात्सव तथा प्रदर्शमा सहभागी भई आफुले रचेका, कोरेका चित्रहरु प्रदर्शन गर्न पाउँदा एक किसिमको सन्तोष प्राप्त भएको छ । २०२४ मा भर्खरै जिरी महोत्सव सम्पन्न गर्यौ ।’
‘जिरी महोत्सवमा जिरीको भाषा, सस्कृति र प्रकृतिहरुको वास्तविक चित्रलाई चित्रमा उतार्ने कोसिस गरेका छौँ । यस्ले हाम्रो संस्कृतिको जगेर्ना समेत गरेको छ’ उनले भने । चित्रकला आफ्नो रुचिको विषय भएर पनि होला उनलाई चित्रकलामा स्वर्ग पाएको थियो ।
चित्रकलामा कत्तिको व्यस्त छन् त खनाल ?
चित्रकलाको पनि आफ्नो छुट्टै कला हुन्छ । ‘चित्रले बताउँने कथा अनुसार यस्को माग र मूल्य पनि फरक हुन्छ । मिहिनेत पनि । गहन विषय बस्तु र कथा लुकेको चित्र कोर्न एक महिना पनि लाग्न सक्छ र यस्तो चित्रको मूल्य पनि बढी हुन्छ’ उनले भने ।
खनालले माग अनुसार चित्र कोर्ने गर्छन् । ‘त्यसैअनुरुप हेर्दा कहिले महिनाको २०/२५ हजार हुन्छ कहिले ५,६ लाखसम्म पनि पुग्छ’ उनले सुनाए ।
नेपालको परिवेशमा हेर्ने हो भने नेपालमा चित्र कलाबाट केही गर्न सक्दैनन् भन्ने आम मानिसमा छ । तर रुचि, चाहना भयो र मन लगाएर मिहिनेत गर्यो भने चित्रकला सफलताको भण्डार नै हो ।
चित्रकलाबाटै केही गर्न सकिन्छ भन्ने कुरालाई सही सावित गरेका लगनशिल पात्र हुन् चित्रकार केशव खलान ।
प्रतिक्रिया दिनुहोस्