Shikhar Insurance
National Life

कुमारी बैंकले ल्यायाे दशै उत्सव क्यासब्याक अफर

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडैं । कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५ सय १ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११:५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्