Shikhar Insurance
National Life

निर्देशक भट्टराईको फिल्म ‘नरसिंहा: अवतार’ को शुभ मुहूर्त सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहा: अवतार’ को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै भने, ‘यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो ।’

निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकोले आफु यो फिल्मको निर्माणमा जोडीएको बताए । त्यस्तै, महानायक हमालले यो फिल्मको स्टोरी आफुले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुन स् फिल्ममा फर्किएको बताए ।

यो फिल्मका नायक राज कटुवालले आफुले सानै बेलादेखी नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर उहा संगै फिल्ममा खेल्न पाउदा आफु निकै उत्साहित रहेको बताए ।

फिल्मकी अभिनेत्री नीति शाहले आफुलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफु यो फिल्मको टिमसँग जोडीएको बताउँदै भनिन्, ‘मलाई राजेश हमालले पहिल्यैदेखी नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँ सँगै काम गर्न पाउदा एकदमै खुशी लागेको छ ।’

फिल्मकी अर्की नायिका सनिशा भट्टराईले भनिन्, ‘मेरो बुवा उहाको फ्यान भएको कारण मैले पनि उहाको फिल्म बच्दैदेखी हेर्दै आएको थिए। अहिले उहासँग एउटै फिल्ममा काम गर्न पाउदा उत्साहित छु।’

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी,प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको बबाल कमब्याक हुँदैछ । उनले यो फिल्मको लागि केही समयदेखी आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्